’गजल’

994
views

-छत्त बोगटी

फेरी नेपाल खण्ड-खण्ड सुनेर पो झस्केँ ।
षडयन्त्रका जाला पासा बुनेर पो झस्केँ ।।

सयौँ फूल एउटै माला उन्न नजानेर ।
हजारौँ फूल अनेक माला उनेर पो झस्केँ ।।

कुना–कुना रस्ति बस्ति यथास्थिति राखि ।
बिकास बजेट केन्द्रतिरै थुनेर पो झस्केँ ।।

लोकतन्त्रको बस्त्रधारण गर्न नसक्नेले ।
च्यातिएको निरंकुशता तुनेर पो झस्केँ ।।

फेरी नेपाल खण्ड-खण्ड सुनेर पो झस्केँ ।
षडयन्त्रका जाला पासा बुनेर पो झस्केँ ।।
हुम्ला, अदानचुली