श्रमजिवी पत्रकार ऐन कार्यान्वयन अभियान

773
views

सीताराम थापा
बागलुङ, १८, माघ । नेपाल पत्रकार महासंघ बागलुङले श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयनका लागि नयाँ अभियान शुरु गर्ने भएको छ ।

बागलुङ जिल्लाभरी कार्यरत पत्रकारहरुको तथ्याङ्क र ऐन कार्यन्वयनको यथार्थ अवस्था पहिचानका लागि तथ्याङ्क अद्यावधिक गरी जिल्लामा सबै सञ्चार माध्यमसँग समन्वयको लागि महासंघ सचिव राम थापालाई जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।

जिल्लाभर कार्यरत रहेका श्रमजिवी पत्रकारहरुको संख्या, नियुक्ति पत्र, पारिश्रमिक, दरबन्दी विवरणको अवस्थाबारे तथ्याङ्क संकलन गरि यथार्थ अवस्था बुझ्नका लागि यस्तो निर्णय गरिएको शाखा अध्यक्ष दिल शिरीषले जनाएका छन । ‘अहिले महासंघमा आबद्ध १ सय ८० भए पनि अन्य सञ्चारकर्मीको संख्या पनि उल्लेख्य भएता वनि आधिकारिक तथ्याङ्क नभएको अवस्था छ ।

सञ्चार मन्त्रालयमा अनिवार्य रुपमा नियुक्ति पत्र र पारिश्रमिक उल्लेख गरेर दरबन्दी विवरण पठाउनु पर्ने ब्यवस्था छ । माहासंघ संघ संग पनि प्रतिलिपि राखेर ऐन कार्यन्वयनका लागि वकालत गरिनेछ ।

यसका लागि श्रमजिवी पत्रकारहरु समेत पेशागत जिम्मेवारी र पारीश्रमिक बारे अन्यौलता सृजना भएको अवस्थामा विशेष सहयोग समन्वय गर्ने गरि ‘श्रमजिवी पत्रकार डेस्क’ समेत सञ्चालन गर्ने माहासंघको याृजना छ । डेस्क मार्फत पत्रकारहरुलाई कुशलतापूर्वक भुमिका पूरा गर्न र मिडिया सञ्चालकलाई नियमित रुपमा पारिश्रमिक दिन समन्वय र सहयोग गरिनेछ ।

अहिले नेपाल सरकारले न्युनतम पारिश्रमिक ऐनको प्रभावकारी कार्यन्वयनका लागि पत्रकारलाई पारीश्रमिक उपलब्ध गराएको बैकं स्टेटमेन्ट समेत अनिवार्य बुझाउन निर्देशन जारी गरि सकेको छ ।

ऐन कार्यन्वयनका लागि संचारकर्मिले अनिवार्य रुपमा दैनिक ८ घण्टा काम गर्नुपर्ने र त्यसबापत कम्तीमा मोफसलमा १९ हजार २ सय उपलब्ध गराउनुपर्ने नितिगत रुपमा ब्यवस्था रहेको छ ।