बसको ठक्करबाट वृद्धाको मृत्यु

575
views

चितवन, माघ २० मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ ।

चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।