कालिगण्डकी करिडोरः अर्थतन्त्रको सम्वाहक सडक

813
views

सीताराम थापा
बाग्लुङ २०, माघ । गण्डकी प्रदे अन्र्तगत बागलुङ जिल्लामा कालिगण्डकी करिडोरको समुदघाटन सहित काम सुरु हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कालिगण्डकी करिडोर यस क्षेत्रकै भाग्य रेखा भएको बताए । ज्ञवालीले उक्त करिडोर दुई छिमेकी देश भारत र चिनको धार्मिक पर्यटकहरुको मुख्य मार्गको रुपमा बिकास हुने बताए ।

उनले सबैभन्दा ठुला कलिडोर यहाको अर्थतन्त्रलाई जोड्ने महत्वपुर्ण ट्रान्जिष्टका रुपमा विकास हुने कुरामा जोड दिए ।

करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखोला बगरमा समुदघाटन गर्दै मन्त्री ज्ञवालीले भने ‘त्रिदेशिय सिधा सम्पर्क निर्माण गरि चीन र भारतमा नेपालसंग आयातित र निर्यात र पर्यटनको मार्ग प्रशस्त हुनेछ ।

मन्त्री ज्ञवालीले चार बर्षअघि मुस्ताङमा युरेनियमको सम्भावनाको खोजी गरेको भन्दैै यस क्षेत्रको आसपासमा भएका थुप्रै सम्भावनाहरुको अहिले देखि गर्दै पहिचान गर्नुपर्नेमा जोड दिए ।

२०७० सालबाट करिडोरको जिम्मा नेपाली सेनालाई दिएपछि बाह्रै महिना सवारी साधन चल्नसक्ने गरी तिब्र गतिमा काम गरिरहेको पनि उनले वताए ।