डोल्पाका दुई गाँउपालिकामा माओबादी केन्द्र विजयी

669
views

डोल्पा, २,जेष्ठ । –डोल्पाका दुईवटा गाँउपालिकामा माओबादी केन्द्र विजयी भएको छ । तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका र जगदुल्ला गाँउपालिकामा माओबादी केन्द्रका उम्मेदवारहरु बिजयी भएका हुन् । जगदुल्ला गाँउपालिकाको प्रमुखमा माओबादीका नार्सिङ रोकाय ५५६ मत ल्यायर बिजय भएकाहुन् ।
एमालेका उम्दलबहादुर रोकायले भने ४३४ मत मात्रै ल्यायर असफल भएका हुन् । सो गाँउपालिकाको उप प्रमुख पदमा माआबादीकै अमृता ५५३ मत सहित बिजय भएकी हुन् ।
एमालेको तर्फबाट उप मेयरमा बुद्धा कुमारी बुडाले ४३१ मत ल्याएका थिए । त्यसैगरि मुड्केचुला गाँउपालिकामा पनि माआबादीका दत्तबहादुर शाहीले ९३३ मत ल्याई बिजय भएकाछन् । एमालेका निकटतम प्रतिद्वन्द्धी लंक बहादुर रोकायले ९३१ मत ल्याएका छन् ।