गण्डकी प्रदेशः मन्त्रिपरिषद बैठकले गरेका निर्णय

775
views

पोखरा । गण्डकी प्रदेश पोखरामा मन्त्रिपरिषदको आइतबार बसेको ३९ औं बैठक कसेको छ । मन्त्रि परिषदको बैठकले ४ निर्णय गरेको छ ।

त्रिवेणी छोटी भन्सार स्तरोन्नति, जनशक्ति व्यवस्थापन गर्दै सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राख्न संघ सरकारलाई अनुरोध गर्ने ।

प्रदेश सरकार गठनको १ वर्ष पूरा भएको अवसर पारी आउँदो फागुन ३ गते विशेष कार्यक्रम गर्ने । निजामती कर्मचारी पुरस्कृत गर्ने । कार्यक्रम व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ संयोजकत्वमा समिति गठन ।

खर्च मापदण्ड २०७५ कार्यविधि पारित गर्ने । कार्यविधिले मुख्यमन्त्री र मन्त्रीहरु पोखराबाहिर जाँदा ४ जनामात्रै साथमा लैजान पाउने व्यवस्था गरेको छ । बढी लगे अरुले भत्ता नपाउने । मन्त्रीहरुले ३ जनामात्रै लैजान पाउने । बढी लगे अरुले भत्ता नपाउने ।

तोकिएका यिनै संख्यामा सुरक्षागार्ड र स्वकीय वा निजी सचिव पनि पर्ने । मुख्यमन्त्री काठमाडौं जाँदा २ जनामात्रै लैजान पाउने । सरकारले तालिम, गोष्ठी र सेमिनार गर्दा प्रतिसहभागी २५ सय रुपैयाँभन्दा बढी खर्च नगर्ने, स्टेसनरी सामग्री प्रतिव्यक्ति १ सय रुपैयाँभन्दा बढीको नदिने लगायत प्रबन्ध यो मापदण्डमा छन् ।

प्रदेश विकास स्वयंसेवक कार्यविधि पारित गर्ने । स्वयंसेवकका लागि ११ जिल्लामा १३६ जनाको दरबन्दी स्वीकृत गरेको छ ।