नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ–पुन

1198
views

पोखरा । नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पसको चौथो अधिवेशनबाट अनिल पुनको नेतृत्वमा २६ सदस्यिय समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण थापा मगर, देव गुरुङ्ग, कर्मा गुरुङ्ग, अस्मिता थापा, नवीन राना, सचिवमा सुनिता गुरुङ्ग, सह–सचिवमा कृष्टी आले, कोषाध्यक्षमा सोनम थापा मगर, सह–कोषाध्यक्षमा सरिता थापालाई निर्वाचित गरेको छ ।

समितिका सदस्यहरुमा भैरव आले, जमुना कुमाल, सन्जय खवास, शान्ति पुन, आशिस शाक्य, यमुना बुढाथोकी, प्रमिता पुन, मनिशा थापा, सन्तोशी गुरुङ्ग, सरिता घर्ती, अन्कित पुन, सुन्दर श्रेष्ठ, पृतम मानन्धर, अनित बुढाथोकी, विषम घर्ती निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथी धर्म गुरुङ्गले वधाइ एवं शुभकामना व्यक्त गरेका थिए ।