एनआइसी एशिया बैंकको शाखा जलजलामा

1216
views

पर्वत । एनआईसी एसिया बैंकले पर्वतको वारिवेनीमा शाखा विस्तार गरेको छ । २०७४ माघ २१ गतेबाट वारिवेनीमा समेत कारोवार शुरु गरेको बैंकको शुभारम्भ भएको हो ।

बैंकको जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले शुभारम्भ गरेका हुन् । शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष मल्लले बैंकले ग्रामिण तथा दुर्गम भेगमा उपस्थितिलाई सवल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

एनआईसी एसिया बैंकको मुलुकभर २७५ शाखा कार्यालय २८९ एटिम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रु. २१८ अरब पुगेको छ भने कुल निक्षेप १७५ अर्ब तथा कर्जा रु. १४९ अर्व पुगेको बैंकले जनाएको छ ।

एनआईसि एशिया बैंक निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित हुन सफल भएको छ । बैंकका १४ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेको क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्माले बताए ।

बैंकको शुभारम्भ कार्यक्रम शाखा प्रवन्धक गणेश पौडेलको अध्यक्षतामा भएको थियो ।