भेनेजुएलामा अमेरिकी हस्तक्षेप अनुचित–नेकपा

1862
views

काठमाडौँ । सोमबार बसेको नेकपा सचिावलय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेपबारे पुरानै अडानमा राखेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा आफूलाई अमेरिकाको पक्षमा उभ्याएको भोलिपल्ट नेकपाले यस्तो धारणा दोर्होयाएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको जानकारी दिए । ‘भेनेजुएलाको विषयमा हाम्रो अडान यथावत छ, राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध छ’, श्रेष्ठले भने, ‘नेकपा हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ । उनले पार्टीको विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धबारेका प्रश्नमा कुनै द्विविधा नरहेको पनि उल्लेख गरे ।

सो पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते निकालेको विज्ञप्तिमै नेकपाले सही अडानका रुपमा लिएको छ ।