सरकार विरुद्ध बाग्लुङ काँग्रेसको प्रर्दशन

1545
views

सीताराम थापा
बागलुङ । नेपाली कांग्रेस बागलुङले सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गरेको छ । मलुकमा बिद्यमान बेथिति, भ्रष्टाचार, असुरक्षा, माफियातन्त्र र लोकतान्त्रिक पद्दतिको मुल्यमान्यता विपरित सरकार चलेको भन्दै नेपाली काँग्रेसले बागलुङमा बृहत् प्रर्दशनी गरेको हो ।

हजारौको संख्यामा उत्रिएका काँग्रेसीजनहरुले विरोधका प्लेकार्डहरु सहित बजार परिक्रमा गरेका थिए । र्यालीपछि बागलुङको लोकचान्त्रिक चोकमा एक कोणसभाको आयोजना गरिएको थियो ।

बिरोध सभामा बोल्दै नेपाली काग्रेसको केन्द्रीय सदस्य रत्ना शेरचनले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसद र सरकारसंग रचनात्मक प्रतिपक्षको भूमिका खेल्दा पनि बर्तमान सरकारले संसदिय सर्वाेच्ता, राज्य आतंक, चरम भ्रष्टचार बिरुद्द देशब्यापि सदन र सडकबाट बिरोध पर्दशन गर्न बाध्य पारिएको बताईन् ।

नेपाली काङग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले गोबिन्द केसिलेले उठाएको जनमुखि शिक्षा र स्वास्थ्यको माग सहपतको बिधेयकप्रति सरकार लाचार भएको, तर सुशील कोईराला र जिपि कोईराला अस्पताल समेत बिपक्षको नाममा भएकोले बर्तमान सरकारले खारेज गर्न खाजे पनि आन्दोलनको बलले जोगाउन जनता र पार्टि सफल रहेको बताए ।

र्यालीमा ३३ किलो सुन प्रकरण र निर्मला हत्या प्रकरणको विरोध गर्दै हत्यारालाई कर्वाहीको माग गरिएको थियो ।

बिरोध सभामा नेपाली काग्रेसको प्रदेश सभासद मणिभद्र कंडेल, पुर्व सभापति यवं सभासद प्रकाश पौडेल लगायतले बोलेका थिए । नेपाली कांग्रेसको सभापती थापाको अध्यक्षता सचिव नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।