गुवाइदोको बढ्दो समर्थनमा अन्तराष्ट्रिय दबाब

482
views

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई नकार्दै विपक्षी नेता हुँवा गुवाइदोले बढ्दो अन्तराष्ट्रिय समर्थन पाइरहेका छन् । नेता गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेको विषयलाई अमेरिकाले तत्काल समर्थन गरेको थियो ।

क्यानडा, ब्राजिल, अर्जिन्टिना र कोलम्बियालगायतका दक्षिण अमेरिकीलगायतका देशहरुको सर्मथन पाइरहेका गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा स्वीकार्न ल्याटिन अमेरिकी देशहरू र क्यानडाको एक समूहले भेनेजुएलाको सेनालाई आग्रह गरेको समाचार समेत बाहिर आएको छ ।तर गुवाइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार्नेबारे मदुरो सरकार एवं सेनाको प्रतिक्रिया भने आएको छैन् ।

गत आइतबार राष्ट्रपति मदुरोले एक स्पेनी टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै बाह्य देशहरुले गुवाइदोलाई उकासेको र यसरी राजनीतिक संकट कायमै रह्यो भने गृहयुद्ध हुन सक्ने अप्रतक्ष्य रुपमा चेतावनी दिएका थिए ।

यसैबीच, एक पत्रकार सम्मेलनमा नेता गुवाइदोले मदुरो सरकारले विदेशमा ठूलो धनराशी लैजान गरेको आरोप लगाउँदै मादुराले गृहयुद्ध हुने भन्दै दिएको चेतावनी हास्यासपद रहेको टिप्पणी गरेका छन् । मदुरो सरकारले एक अर्ब दुई करोड डलर भेनेजुएलाबाट युरुग्वे सार्न लागेको नेता गुवइदोको आरोप छ ।

त्यस्तै, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई तानाशाहको संज्ञा दिएका छन् । उनले भेनेजुएलाली नागरिक अहिले संकटमा रहेको भन्दै ५० मिलियन अमेरिकी गलर सहयोग गर्ने घोषण गरेका थिए । तर राष्ट्रपति मदुरोले नकार्दै ‘हामी भिखारी हैनौँ‘ भन्दै क्यानेडाले दिएको सहयोगलाई अस्विकार गरेका छन् । उनले पश्चिम कोलम्बिया क्षेत्रबाट पठाइएको आपातकालीन खाना र औषधि भित्र्याउन समेत रोक लगाएका छन् ।

भेनेजुएलामा शान्तिपूर्ण प्रजातान्त्रिक संक्रमण, निष्पक्ष निर्वाचन, राजनीतिक पारदर्शीता र मानव अधिकार र स्वतन्त्रताका लागि सरकार परिवर्तन हुनु पर्ने र त्यहाँ मानवीय सहायता सहजै पुग्नु पर्ने लीमा समुहको भनाइ छ । समूहले विपक्षी नेतृत्वको संसदलाई समर्थन गर्ने र राष्ट्रपति मदुरोको सरकारलाई विदेशमा वित्तीय कारोबार गर्नबाट रोक्नु पर्नेमा जोड दिएको छ । घटना र विचारबाट