सांसदका प्रश्नमा पाँच मन्त्रीले जवाफ दिने

422
views

काठमाडौं, २३, माघ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदबाट आएका प्रश्नको पाँच मन्त्रीले जवाफ दिने भएका छन् । मन्त्रालयसँग सम्बन्धित विषयमा सासदहरुले मन्त्रीलाई आज प्रश्नोत्तर गर्ने भएका हुन् ।

संसद सचिवालयका अनुसार आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले जवाफ दिनेछिन् । सचिवालयमा मन्त्रीलाई सोध्न सांसदले ८८ वटा मौखिक प्रश्न दर्ता गराएका छन् भने लिखित प्रश्न पनि १२ वटा पुगेको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटा सम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् । यसअघि माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए ।