दक्षिणी पर्वतको सेतीखोलामा हाइड्रोपावर बन्ने

949
views

पर्वत, २३ माघ । पर्वतको विहादी गाउँपालिकाको शालिग्राम र पैँयु गाँउपालिको टकलाक भएर बग्ने सेतीखोलामा हाइड्रो पावर बन्ने भएको छ ।

पर्वत पैँञ्युखोला हाइड्रो पावर कम्पनी प्रा.लि.ले निर्माण गर्ने ३.५ मेगावाटको हाइड्रो पावरमा (क) वर्गको बाणिज्य बैंक सँगै नाम चलेको विकास बैंकले लगानी गर्ने भएपछि उक्त हाइड्रो पावर निर्माण हुने निश्चित भएको हो ।

मुख्यत पूर्व सभासद गुणाखर बस्यालको पहल र राजकुमार बस्यालको सक्रियतामा प्रयास हुँदै आएको सो हाइड्रोको बर्तमान अध्यक्ष भने विहादी गाउँपालिकाका राजकुमार बस्याल नै हुन ।

पर्वत पैंयुखोला हाइड्रो पावर कम्पनी प्रा.लिको बर्तमान संचालकमा राज कुमार बस्याल डा. शिव कुमार बस्याल, एकनारायण भट्टराई, युक्तराज खनाल, आत्माराम पंथी र उमाकान्त सापकोटा लगायत रहेका छन ।

माघ २० गते आइतबार काठमाडौंमा आयोजित एक समारोहमा हाइड्रोका तर्फबाट राजकुमार बस्याल र सिद्धार्थ बैंकका तर्फबाट चन्दन कार्की र गरीमा बिकास बैंकका तर्फबाट माधव आचार्यले ६५ र ३५ का हिसावमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन ।