ल्होछारहरु के हो, किन मनाईन्छ ?

17
views

–सीताराम थापा
नेपालमा विभिन्न जातिहरुले नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रिय पर्व ल्होछार मनाउदै आएको पाईन्छ । यो पर्व तामाङ, शेर्पा, गुरुङ, भोटे आदि जातिले मनाउदै आएको छन् । ल्होछार मुलतः पुरानो बर्षलाई विदा गरि नयाँ बर्ष प्रारम्भ गर्ने पर्व र संस्कृतिको रुपमा मनाईन्छ । नेपाल र अन्तराष्ट्रमा समेत साल परिवर्तन गरिएजस्तै हो ल्होसार । तामाङ समुदायले ल्होछार र अन्य जातिले ल्होसार भनी शब्द उच्चारण गर्ने परम्परा रहेको छ । हामीले नेपाली चाड ठानिए पनि भोटे जातिहरु रहेको जापन, चिन, हंङ्कङ, चाईना, कोरीया, थाईल्याण्ड भुटानमा पनि ल्हासार पर्व मनाईने गरिन्छ ।

अध्ययनका अनुसार लोसार मन्जुश्री र कालचक्र ज्योतिशास्त्रमा आधारीत रहेको उल्लेख छ । लोसार १२ जनवरी, ५ धातु र २ लिङ्गबाट हुने पौराणिक संस्कृतिमा आधारीत छ । त्यो के के हो ? भनी किटान समेत गरिएको छ । नेपालमा सोनाम, ग्याल्बो र तालो लोसार मनाईन्छ । तालो लोसार गुरुङ जाती र हुम्ला जुम्ला भेगमा बढि मनाईन्छ । सोनाम लोसार तामाङ समुदायले र ग्याल्बो लोछार हिमाली भेगका बिषेश गरि लामा, भोटे तथा शेर्पा जातीका समुदायले मनाउदै आएको छन । लोसारमा के के गरिन्छ ? एक, घर रङ्ग्याउने, सरसफाई गर्ने, जाती सांस्कृतिक लुगा तयारी गर्ने, रोटि लगायत खानेकुरा बनाउने गरिन्छ । दुई, लोसार अनुसार गहु लगायत नया बालीको अन्न उमार्ने, र यसलाई पुजा गरिन्छ। तीन, मैला फालेर सरसफाई गरि फोहोरमैला चोकमा फालेर ग्रहदशा कटाईन्छ । यहि दिन नै ९ प्रकारको अन्न मिसाएको खाना गुथुक खाईन्छ र गुम्बाहरुमा पुजा गरिन्छ । चार, लोसार शुरु हुनु एक दिन अगाडि आफ्नो संस्कृति र लोसारको परम्परा अनुसार घर सजाईन्छ । विशेष गरि सेतो पिठोले अष्टमंगल लेखेर सजाईन्छ, यो लेखणन नजानेमा बुढि औलाले पिठोको आठओटा थोप्लाले टासिन्छ । यहि दिन घर र पुजा कोठा सिंगारेर मात्र पुजा गरिन्छ ।

लोसारको केही चलनहरुः
चोखो पानी गर्ने खास गरि लोसारको आ–आफ्नो संस्कार अनुसार गरिन्छ । बिहानै धारामा नयाँ पानीमा हातमुख धोई, घ्यू थोप्ला चढाई नयाँ मुलको पानी ल्याउन होडबाजी नै हुने परम्परा रहेको छ । यसरी नयाँ खानेकुराहरु भगवान लाई चढाईन्छ । यसपछि घरमुलिले सेतो पिठोको परिकार र अमृत जल छ्याङलाई आकाश तिर ३ पटक छर्केपछि नयाँ लुगा लगाएर लोसारको सगुन खाने प्रचलन छ । यसैगरि लुङदार र पिकनिक पनि गरिन्छ । यो भगवान गौतम बुद्दमा आधारीत संस्कृति रहेको छ ।

–लोसारको परम्परा अनुसार धर्मगुरुहरु र मान्यजनसंग छिमार खाई आसिरवाद लिने चलन रहेको छ ।
यसैगरि काठमाण्डौको बौद्द, स्पयंभुहरुमा ध्वजो चढाई पुजा गरिन्छ । र फागुपुर्णिमासम्म घरभोज र बनभोज समेत खाने चलन रहेको छ । यो बिदेश तिरको विशेष प्रचलन पनि हो।सोनाम लोसार के हो ?

महत्वबारे एक चर्चा

प्रथम चन्द्र महिनाको प्रथम दिन (माघ शुक्लपक्ष प्रतिपदा) तामाङ भाषामा नयाँवर्ष उत्सवलाई सोनाम ल्होछार भनिन्छ । यसरी नै नेपालमा यही पर्वलाई ह्योल्मो, शेर्पा तथा तिब्बती समुदायहरुले लोसारको रुपमा हर्सोल्लासका साथ मनाउदै आएका छन् । यहाँ तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ । यहि ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ भनेर सदियौंदेखि मानि आएको छ । किन भने यसै बेला आदिवासी थारु तथा मगर जातिको पनि माघि पर्व पर्दछ ।

तामाङ जाती हजारौ बर्षदेखि शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार लाई धुमधाम गरी मनाउँदछन् । नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनामोहन अधिकारीको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सोनाम लोछार सूचीकृत भयो ।

आम हिमाली आदिवासी जनजाति समुदाय जो सदियौंदेखि ल्होछार मनाउँदै आइरहेका छन्। यही मान्यता अनुसार ल्होछार संस्कृतिलाई आफ्नो पुर्खाको सम्पत्ति मान्ने गर्दछन् । सोनाम ल्होछार भन्नाले कृषि कर्म अर्थात् खेतीपाती गर्ने किसानहरुको ल्होछार भन्ने बुझाउँदछ । किसानहरुले आफुले लगाएको अन्नबाली उठाइसकेको अवस्था र आउँदै गरेको ल्होछार पछाडि नयाँ अन्नबाली लगाउनु पर्ने व्यस्तताको समयबीचको फुर्स्दिलो समयमा पर्ने भएकोले एक महिना अगावै ल्होछार मनाउने परम्पराको शुरुवात भएको पाइन्छ। यही समयमा मनाउने बिबिध सांस्कृतिक परम्परालाई नै सोनाम ल्होछार नामाकरण गरिएको हो ।
लोसार पर्वको महत्वहरुः
१) धार्मिक महत्वः
बौद्ध धर्मावलम्बीहरु ल्होछारको नया दिन यस वर्ष सबैको शुभमंगल र राम्रो होस् भन्ने कामनाका साथ लामाद्वारा मंगलामृत मन्त्र वाचन गरि घरको आँगनमा आफ्नो संस्कृति अनुसार ग्रहशान्ति पूजा गर्ने गरिन्छ ।

२) सामाजिक महत्वः
ल्होछारको अवसरमा परदेश गएका आफन्त घरमा आउने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवानहरु खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत(संगीतमा नृत्य गर्दै रमाइलो गरिने भएको हुदाँ यसले सामाजिक महत्व राख्दछ ।
३) आर्थिक महत्वः
बौद्ध ज्योतिष शास्त्रमा आधारित ल्होछार परम्परा अन्धविश्वासमा चलेको संस्कृति होइन ।