भोटेकोशी आयोजनाको ४० प्रतिशत काम

26
views

चौतारा, २५ माघ । माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम भएको छ । प्राकृतिक प्रकोपको मारमा करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको आयोजनाको ४० प्रतिशत काम भएको हो ।

उक्त आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण भएको थियो । आयोजनाबाट झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएपछि कम्पनीका साथै राष्ट्रलेसमेत घाटा व्यहोर्दै आएको छ ।

विसं २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरमा क्षति पु¥याएकाले चार महीना उत्पादन बन्द भएको थियो । मर्मत पछि संचालनमा आए लगत्तै विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुनःक्षति पु¥याएकामा मर्मत भइरहँदा पुनः विसं २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो । गत वर्षदेखि सो आयोजनाको पुनःनिर्माण भइरहेको छ ।

चीनको सिनो हाइड्रो ब्यूरो ११ ले सात अर्बमा ठेक्का सम्झौता गरेको सो आयोजना आगामी २०१९ को अन्त्यसम्म सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिए ।

बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गत तातोपानीको १० किलोमा बाँधरे ३.५ किमी सुरुङद्वारा फुल्पीङकट्टी झिुर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएकामा भूकम्प र बाढीले सुरुङमार्ग र विद्युत्गृहबाहेक बाँध स्थल, पनेस्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र तथा सम्पूर्ण उपकरणमा क्षति पु¥याएको आयोजनाले जनाएकोे छ ।