बागलुङको गल्कोटमा नगर सभा सम्पन्नः विभिन्न नीति, योजना पारित

1179
views

सीताराम थापा
बागलुङ । जिल्लाको गल्कोट नगरपालिकाले चौथो नगरसभा सम्पन्न भएको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख भरत शर्माले नेपालको संविधानले स्थानीय तहलाई दिएको क्षेत्रधिकारभित्र रहेर सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक, नीति तथा निर्देशिका, कार्यविधि, चालु बजेट, करकोदर, पारित गरिएको जनाएका छन ।

गलकोकोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार चौथो नगरसभा सम्पन्न भएको हो । नगर सभामा नगर कार्यपालिकाको निम्ति प्रशासकीय अधिकृत अर्जुन शर्माले गलकोट नगरपालिकाको प्रशासकीय कार्यविधि, नगर कृषि व्यवसाय प्रर्वद्धन गर्ने विधेयक २०७५, आर्थिक ऐन २०७५, प्रथम विधेएक २०७५, फोहोर मैला व्यवस्थापन विधेएक २०७५, एफ एम रेडियो व्यवस्थान तथा सञ्चालन कार्यविधि २०७५, नियमित अनुगमन कार्यविधि २०७५, सर्वसम्मत नगरसभाले पारित गरेको नगर प्रवक्ता हिम बहादुर भण्डारीले बताए ।

सभामा योजना, आय-ब्याय एवं कार्यक्रम संशोधन, बराबरीमा बर्तमान खर्च फाँटबारी, योजना विवरण सम्बन्धि छलफल भएको प्रबक्ता भण्डारीले जानकारी दिए । पारित कानुनहरु नगर प्रमुखले प्रमाणिकरण गरे लगत्तै कानुनको रुपमा नगरपालिका क्षेत्रमा लागु हुने नगरपालिकाका उप–प्रमुख रेनुका काउचा मगरले बताइन् । सभामा उप–प्रमुख काउचाले संशोधन प्रस्ताव प्रस्तुत गरि सर्वसम्मत पारित भएको बताईन् ।

सभामा बोल्दै गलकोट नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारीले शिक्षा र स्वास्थ क्षेत्रको विकासका लागी बिशेष योजना बनाउनुपर्ने बताए । भण्डारीले जेब्राक्रसिङ, युवाहरुमा बढ्दो लागुपदार्थ दुव्र्यसनि, जथाभावी स्काभेटर प्रयोग लगायतलाई न्युनिकरण गनुपर्नेमा जोड दिए ।

वार्ड नम्बर–३ का अध्यक्ष विरजङ्ग भण्डारीले नगरले सर्वप्रथम स्थानीयलाई हरेक क्रियाकलापमा पहिलो प्राथमिकता दिएर अनुभूति हुने काम गर्नुपर्ने बताए । उनले विगतमा जस्तो आगामी समयमा नगरका काम जिल्लामा पठाउन रोक लगाउनुपर्नेमा जोड दिए ।

वार्ड नम्बर–८ का अध्यक्ष रामप्रसाद कँडेलले नगरको जग्गा व्यवस्थापन गर्न र पायक पर्ने ठाउँ बाट नगरको सेवा दिन सबै एकमत हुनुपर्ने सुझाए ।

वडा नम्बर–१० का अध्यक्ष तिलक घर्तीले कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै नगर समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । अधिकांश टोलबाट कुना काप्चाका स्थानीयले विकासको अनुभूति गर्न सक्ने गरि योजना कार्यान्वयनको चरण पूरा गर्न आवश्यक भएको उल्लेख गरे ।

वार्ड नम्बर– ११ का अध्यक्ष डम्बर श्रीसले नगरले लिने करलाई वैज्ञानिक बनाउनु पर्ने बताए ।

नगर सभामा गलकोट कार्यपालिका सदस्य पदम कार्की, वार्ड नम्बर–५ अध्यक्ष नारायणध्वज मल्ल, वार्ड नम्बर–६ वडा सदस्य भिम बहादुर विक, वडा नम्बर–७ वडा सदस्य लोक बहादुर थापा, वडा नम्बर–४ का अध्यक्ष बल बहादुर खत्री, वडा नम्बर–७ का वडा सदस्य मिना कुमारी दर्जी लगायतले विभिन्न प्रस्तावहरु ब्यक्त गरे ।

सभामा सम्बोधन गर्दै वक्ताहरुले शिक्षा र स्वास्थमा विशेष योजना तय गर्ने, नगरपालिकाको केन्द्रको लागि तत्काल जग्गा व्यवस्थापन गर्ने, कृषि क्षेत्रलाई प्रमुख योजनामा समावेश गनुपर्ने, मध्य पहाडी लोकमार्ग आसपासमा जग्गाको मापदण्ड कायम गरिन सुझाएका थिए ।