हिन्दू, हिन्दूस्थान र राष्ट्रियता

2124
views

–यज्ञ बहादुर थापा

पवित्र वेद र वेदान्त शास्त्रहरुको उत्पत्ति नेपालबाट नै भएको हो । यही भूमी हुँदै अव्यक्त तथा निराकार शिवादि शिवद्दारा शक्ति पीठहरुको उत्पत्ति गर्दै इन्डोनेशिया, जकार्तासम्म महादेवरुपमा पुगेको पाइन्छ । देवहरु ब्रह्मा, विष्णु, महेश्वर, देवीहरु सीता, पार्वती, सतीदेवी, शैलजा जस्ता शक्ति पीठ र शक्ति रुपिणीहरुको उदय यसै हिमालय पर्वत काखमा भयो । आर्य अनार्यहरु द्रविडहरुको समष्टि रुप हिन्दू हो ।

हिन्दूको विशेषहरुताहरु मध्ये प्रथम विशेषता प्रकृति पूजा नै हो । प्रकृति पूजा अन्र्तगत भूमी र पहाड, वन, जंगल, अग्नि, जल, शिला आदि र प्रकृति तथा दैवी उत्पन्न प्राणीहरु हात्ति, कुकुर, सिंह बांदर समेतका सबै जनावर र पंक्षीहरु गरुड, मयूर लगायतका सबै किट पतंगको सम्मान गरी इकोसिष्टम कायम राख्ने विधि र संस्कारको आदि पवित्र विशेषता पवित्र वेदबाटै भएको हो ।

दोस्रो विशेषता भनेको स्वस्थानी पूजा हो । अव्यक्त आदि शिव महादेवका रुपमा उत्पति भई विभिन्न शक्ति पीठहरुको रचना गर्नुभयो । कैलाश पर्वत देखि नेपालको हिमालय पर्वत हुँदै जकार्तासम्म सतीदेवीलाई बोकी हिंडदा जुन जुन स्थानमा अंग पतन भए विभिन्न शिवरुप उत्पन्न भए तत्तत् स्थानमा देवहरुले स्वस्थानी पूजा गर्न आरम्भ गर्न थाले ।

तेश्रो हिन्दू विशेषता भनेको नारी सम्मान तथा पूजा हो । सृष्टिकी जननी नारी दया माया र जिम्मेवारी ग्रहण गर्नसक्ने र आवश्यक्ता अनुसार रक्षा कवचको काम गर्नसक्ने क्षमता हुनाले नारीलाई आरध्य देवीका रुपमा पूजा गर्नै उच्च सभ्यता बोकेका विश्वमा हिन्दूहरु नै हुन् ।

चौथो महत्वपूर्ण विशेषता भनेको मुक्तिको मार्ग पहिल्याउनु । मानवीय संवेदना, पीडा, कष्ट, रोग व्याधि सन्तापबाट सदाका लागि मुक्ति पाउनु मुक्ति मार्ग हो । मानव मात्रका लागि सदा मुक्ति मार्ग पनि पवित्र वेदमा नै उल्लेख छ सो अनुरुप आचरण गर्नाले सदाका लागि मानव मुक्ति प्राप्ति हुन्छ पुन घुमेर आइरहनु पदैन ।

यसरी मानव मुक्ति र संपूर्ण प्राणीका लागि पवित्र वेद र ऋचाहरुको उत्पत्ति नेपालबाटै भएको सो अनुरुपको संस्कार व्यबहार र आचरण गर्न निर्देशन पालना हिमस्थानमा बस्ने वासिन्दाहरुले आदिकाल देखि गर्दै आएकोले यसलाई हिन्दू सभ्यता र संस्कृतिको मौलिक परम्पराको रुपमा मानिदै आएको पाइन्छ । नेपालमा नै पवित्र वेद, ऋचा, उपनिषद र महत्वपूर्ण पुराणहरुको उत्पतिस्थल भएका कारण विश्वमा नै यो क्षेत्र अनादि काल देखि नै पवित्र हिन्दू देश तथा हिन्द कुश क्षेत्र रहेका कारण हाम्रो देश हिन्दूराष्ट्र नै हो । नेपालको संविधानमा पुन हिन्दू राष्ट्र कायम गरी विश्व समुदाय माझ नेपाललाई पवित्र तिर्थ मुक्तिधाममा समायोजन गरी हिन्दू राष्ट्रकै रुपमा पहिचान दिऔ ।

हिन्दूस्थानको नामाकरणः

हाल नेपालको हिमाली क्षेत्र वरपर शिवालिक एवं पहाडी भेगमा देवहरु ब्रह्मा, विष्णु, महेश्वर विचरण र देवीहरु शैलजा, पार्वती, सीता जस्ता महान नारीहरुको उदय तथा जन्म यसै हिमवत खण्डमा भएको र सभ्यताको श्रृखला पनि यसै क्षैत्र बाट भएकोले यो क्षेत्रलाई देवहरुको भूमीका साथै ऋषि महिर्षीहरुको तपोभूमी भएका र यसैमा विविध शास्त्रहरुको उद्गम स्थलको चिनिन्छ ।

हिमवत खण्ड हिउँ पर्ने स्थानलाई हिउँस्थान तथा हिमस्थान सोही हिमस्थान र सो वरपर शिवालिक पर्वत मालादेखि समथर भूमिसम्म बस्ने वासिन्दालाई हिँउस्थानी तथा हिमस्थानी भन्दै गर्दा हिन्दूस्थानी र सो क्षेत्रलाई हिन्दूस्थान भन्न थालिएको हो । सो स्थान वरपर बस्ने सबै वासिन्दालाई हिन्दू भनिएको हो । हिन्दू अन्र्तगत सो स्थानमा बस्ने आर्य अनार्य र द्रविड सबै समुदायलाई बुझाउँछ ।

हिमवत खण्ड हिउँ पर्ने स्थानलाई हिउँस्थान तथा हिमस्थान सोही हिमस्थान र सो वरपर शिवालिक पर्वत मालादेखि समथर भूमिसम्म बस्ने वासिन्दालाई हिँउस्थानी तथा हिमस्थानी भन्दै गर्दा हिन्दूस्थानी र सो क्षेत्रलाई हिन्दूस्थान भन्न थालिएको हो । सो स्थान वरपर बस्ने सबै वासिन्दालाई हिन्दू भनिएको हो । हिन्दू अन्र्तगत सो स्थानमा बस्ने आर्य अनार्य र द्रविड सबै समुदायलाई बुझाउँछ ।

नेपाल नै त्यो स्थान हो जहाँबाट उच्च सभ्यता र संस्कृतिको अर्विभाव भयो मानव जगतकै पहिलो दर्शन वेद र ऋचाको उत्पत्ति भयो जसमा ज्ञान विज्ञानको अद्धितीय समायोेजन छ । शिवादि शिवको प्रथम ज्योर्तिलिंग नेपालमै उत्पति भयो । वेद जननी वेद व्यास र ऋषिहरुमा जनक, याज्ञवल्कय, मार्कन्डेय, पराशर ऋषि जस्ता महत्वपूर्ण ऋषिहरु यसै पूण्य भूमिमा उत्पत्ति भए । देवदेवीहरुको वासस्थान, क्रिडास्थान, तिर्थंस्थान मानव मात्रको तपो भूमीको रुपमा चिनिने नेपाल पवित्र दर्शन वेद र गीता अनुकूल आदि काल देखि चल्दै हुनाले हिन्दूहरुको स्थानको रुपमा नेपाललाई नै विश्वव्यापी रुपमा चिनिदै आइएको यथार्थ हो । यही नै नेपालको अनादि काल देखिको राष्टिय पहिचान हो ।

हिन्दू भनेको सभ्यता र सांस्कृतिक पहिचान हो । उच्च सभ्यता र संस्कृतिका सचालक संवाहक र धरोहर तत्कालीन हिन्दूस्थान हालको नेपाल नै हो । हिंउ पर्ने पहाडी क्षेत्रमा वासस्थान गरी बस्ने समुदायलाई हिम स्थानी हिमस्थानी भन्दै गर्दा हिन्दूस्थानी भन्न थालिएको हो भने हिउँलाई हिम पनि भनिने हुंदा यो क्षेत्र नेपाल बन्नु धेरै पूर्व हिंउस्थानमा बस्नेहरुलाई तथा एउटै साझा संस्कृति र पंरपरा बोकेका यस विशाल क्षेत्रलाई हिन्दूस्थान भनिएको हो यस क्षेत्र अन्र्तगत तराई मिथिला, विदेह समेतका पर्ने हुनाले विशाल समतल भू भागमा समेत हिन्दूस्थान अन्र्तगत नै पर्दथ्यो भन्ने बुझिन्छ ।

ब्रहमाण्डका सृष्टिकर्ता ब्रह्मा सत्य युग पहिले यसै पवित्र पावन क्षेत्रमा उत्पति चराचर जगतको सृष्टि गरे । पालन कर्ता विष्णु र संहार तथा दयाका आदि पात्र महेश्वर यसै पावन भूमि नेपालमा नै रहे । हिमालकै काखमा बसेर हिम व्रत गर्ने हिमव्रती तथा हिमवत खण्डबाट आदि ग्रन्थ वेद र ऋचाहरुको उदगम स्थल नेपाल नै हो । तप गर्ने तपस्वी भूमी देखि स्वर्ग जाने द्दारी स्वर्गद्दारी नेपालबाट नै शुरु हुन्छ । आफ्नो सनातन रुप बोक्दै आएको अदिततीय अनुपम सभ्यता र संस्कृतिको आदि कर्ता नेपाल नै हो । स्वर्ग कै एउटा रुप पनि हो । यो एउटा विश्वकै सांस्कृतिक धरोहर हो ।

नेपाल विश्व मानचित्रमा त्यस्तो स्थान हो जहा धर्मको नाउमा कहिलै लडाई भएन । बौध्दिकरुपमा अत्यन्त उच्च रहेको वेद र ऋचा निर्देशित हिन्दूस्थान सवै भाषा संस्कृति समुदायलाई सम्मान भाव व्यक्त गर्नै क्षमता अनादि काल देखि नै राख्दछ । अरुको उपकार गर्नु पुण्य हो भने पीडा दिनु पाप हो वेद सार पवित्र शास्त्र गीता निर्देशित हाम्रो दर्शन हो । यही सम भाव विश्व भरी फैलाई संभावित विश्व युध्दबाट बचाउन उत्प्रेणा पैदा गर्दछ ।

विश्वलाई शान्ति क्षेत्र कायम गर्न हिंउस्थान अर्थात हिन्दूस्थान नेपालबाटै हिन्दू संस्कृति र पहिचान धारण गरेर विश्वलाई हिन्दू सभ्यता र संस्कृतिका सर्वाैच्च मार्ग देखाउने अवसर सृजना भएको छ । यो विश्व समुदाय ओमकार परिवार हो भनेर बुझाउने दायित्व पनि त्यत्तिकै महत्वपूर्ण छ ।

राष्ट्रियताको अवशानः

यो वेला अनादि काल देखि चिनिदै आएको हिन्दूस्थान हिन्दू राज्य नेपाल संविधानबाटै हटाउनु राष्टियता नै मेटाउनु हो । धार्मिक स्वतंत्रता सहितको नेपाललाई हिन्दू राज्य कायम गर्न सबै तह र तप्का प्रतिवध्द हुनु जरुरी छ । विदेशी शक्ति राष्टहरुको चलखेलद्दारा नेपालको अस्मिता माथि केही दशक यता हिमाल, पहाड र तराईको आदि काल देखि नै हिन्दू राज्यको विशेषता बोकेको नेपालको प्राकृतिक स्रोत र संपदाले भरिपूर्ण हिन्दूत्वले संपन्न स्वर्ग समान रहेको नेपाली जनसमुदाय माझ नेपालको गौरवपूर्ण हिन्दू राष्ट्रिय एकता, राट्रिय अखण्डता स्वाभीमानतामा पटक पटक धावा बोल्ने थुप्रै कसरत भए ।

२०४८ सालको संसदीय चुनावमा स्पष्ट बहुमत प्राप्त नेपाली काँग्रेसको बहुमतको सरकार अविश्वास प्रस्तावद्दारा सरकार गिराउनु, बहुदलीय व्यबस्थाको आडमा सवल राष्ट निमाणका अभियन्ता उदयीमान राष्टिय नेता मदन भण्डारीको २०५२ हत्या हुनु, निरन्तर अस्थिर सरकार बनाइ रहनु, २०५८ मा राजा विरेन्द्रको वंश नाश हुने गरी दरवार हत्याकाण्ड हुनु, संस्कृत भाषका पाठ्यक्रम जलाइनु, भ्रष्टाचारलाई संस्थागत रुप दिनु नेपाल राष्ट्रलाई कमजोर बनाउने विदेशी शक्तिहरुको योजनावध्द खेलहरु नै हुन् ।

नेपालको पहिचान हिन्दू राष्टियता हो । हिन्दू राष्टियता माथि आक्रमण गरेर नेपाललाई आन्तरिक रुपमा कम्जोर नपारेसम्म नेपालको अदभूत प्राकृतिक स्रोत र सम्पदामाथि एकाधिकार कायम हुन नसक्ने हुँदा स्वघोषित रुपमा नै नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो ।”


जहाँ सभ्यता र संस्कृतिको अन्त हुन्छ तेहा राष्टियताको अन्त हुन्छ जहाँ राष्टियताको अन्त गराइन्छ त्यहाँ जात जातिको अन्त हुन्छ । नेपालको पहिचान हिन्दू राष्टियता हो । हिन्दू राष्टियता माथि आक्रमण गरेर नेपाललाई आन्तरिक रुपमा कम्जोर नपारेसम्म नेपालको अदभूत प्राकृतिक स्रोत र सम्पदामाथि एकाधिकार कायम हुन नसक्ने हुँदा स्वघोषित रुपमा नै नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । प्राकृतिक स्रोत र सम्पदा धर्म र संस्कृतिसंगै जोडिने हुँदा धर्म र संस्कृतिलाई अलग थलग नगरेसम्म उक्त सम्पदामाथि एकाधिकार कायम हुन सक्दैन । नेपालीबीच रहेको धार्मिक सहिष्णुता र सदभावपूर्ण एकतालाई विथोलेर विदेशी शक्ति केन्द्रहरुले खेल खेलिरहेका छन् ।

आजको हाम्रो पहिलो अभिभारा नेपाल राष्ट्र र राष्टियता बचाउनु नै हो । संविधानमा पुनः हिन्दू राज्य कायम गराउनु नेपाली नेपाली बीचको सदभाव मजवूत राष्टियता नया शीराबाट कायम गर्नु हो ।राष्टियता प्रतिको विविध घात र प्रतिघातका विरुध्द आम नेपाली बीच राष्टिय एकताको संदेश प्रवाह गर्न जरुरी छ ।

नेपालको प्राकृतिक राष्ट्रिय संपदा हडप्न, नेपालको श्रम शक्ति सस्तोमा खरिद गर्न अनादि काल देखि एकीकृत र बलीयो र शसक्त रुपमा रहेको पहिचानवादी धार हिन्दूत्व माथि आक्रमण गर्नु नै हो । हिन्दू दर्शनलाई उच्च रुपबाट समानढंगले लागू गर्न नसक्नाका कारण कथित जातिय विभेदको नाम दिई फूट पैदा हुन गयो । यसरी राष्टिय संपदा क्रमश लोप हुदै गई रहेको छ भने पहिचान सहितको हिन्दू राष्ट्रियता हराउदै गईरहेको छ ।

नेपालको राष्टिय जनावर गाई जो हिन्दूहरुको मात्र नभई समस्त जातिको गोमाताको रुपमा प्रशिध्द छिन् विवादमा ल्याउनु उचित होइन । अहिले हाम्रो प्रथम अभिभारा नेपाललाई हिन्दू राष्टियता नै कायम गर्नै हो । विश्वमा छरिएर रहेका हिन्दूहरु, हिन्दूत्वको संरक्षण गरिनु पर्छ भनी आवाज उठाउने अन्य सबै धर्मावलम्वीहरुलाई एकाकार गर्नु अनादि कालको आर्य संस्कृतिको नया शीराबाट विकास संरक्षण आजको ऐतिहासिक आवश्यक्ता हो । नेपाल हिन्दू राज्य हो, संविधानमा हिन्दूराज्य नै कायम गरौं । नेपाललाई हिन्दू राष्ट्रिय देव भूमी पहिचानबाटै पर्यटन भूमीको रुपमा विश्व समुदाय वीच स्थापित गरौं । जय जय हिन्दू संस्कृति ।। जय जय हिन्दू भूमी ।।।

थापा अधिवक्ता हुन् ।