युवा जागृती क्लबमा बास्तोला

918
views

पोखरा । पोखरा महानगरपालिका–१९ मा रहेको कास्की जिल्ला कै पुरानो युवा जागृति क्लबमा बसन्त राज बास्तोलाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा बिष्णु आचार्य, महासचिवमा सुजन बास्तोला, कोषाध्यक्ष बिसाल तिवारी, सचिवमा सतिस वास्तोला, निर्वाचित भएका छन ।

त्यस्तै गरी सदस्यमा भगवान बास्तोला, बिष्णु बास्तोला, छबिलाल बास्तोला, शैलेस बास्तोला, लक्ष्मी बास्तोला, जगदीश विक निर्वाचित भएका छन । कार्यक्रमको अध्यक्षता क्लबका निवृतमान अध्यक्ष विकास अधिकारी र प्रमुख अतिथि वडा १९ का वडा सदस्य कोमल प्रसाद बास्तोला, अथिती क्लब पुर्ब अध्यक्ष निलकण्ठ बास्तोला, पुर्ब अध्यक्ष एबंम सल्लाहाकार नारायण बास्तोला, पुर्ब अध्यक्ष खिमलाल बास्तोलाले गर्नु भएको थियो ।

त्यस्तै अथितीहरू संस्था सल्लहाकार नारायणप्रसाद अधिकारी, निबर्तमान अध्यक्ष एबम चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोला, मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष तथा युबा संघ नेपाल का केन्दिय उपाध्यक्ष माधव बास्तोला, राष्ट्रिय फलफुल तथा तरकारी थोक ब्यवसायी संघ कास्कीका अध्यक्ष एबम चेम्बर अफ कमर्स कास्कीका सदस्य निर्मल प्रसाद बास्तोलाले गर्नुभएको थियो ।

सो अबसरमा, राष्ट्रिय फलफुल तथा तरकारी थोक ब्यसायी संघ कास्कीका अध्यक्ष एबंम चेम्बर अफ कमर्स कास्कीका सदस्य निर्मल प्रसाद बास्तोला, नि बर्तमान अध्यक्ष एबंम चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोला, मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष तथा युबा संघ नेपालका केन्द्रिय उपाध्यक्ष माधब बास्तोला, पुर्ब अध्यक्ष एबंम सल्लाहाकार नारायण बास्तोला कोमल प्रसाद बास्तोला लगायतले शुभकामना मन्तब्य राख्दै संस्था स्थापनाताकको कठिनाई तथा हालसम्मका प्रगतिको बारेमा चर्चा गर्नुभएको थियो ।

त्यस्तै क्लबलाई अझ बढी क्रियाशील गर्दै अझ बढी सामाजिक र युबामैत्री बनाउन सुझाव दिनुभएको थियो । त्यस्तैगरी युबा को शिर्षकमा आउने बजेट क्लबको माध्यबाट माग गरी समाजिक बिकासमा लगाउन आग्रह गर्नुभएको थियो । निर्वाचन मण्डलका संयोजक नारायण प्रसाद बास्तोला सदस्यहरू उमाराज बास्तोला, निर्मल प्रसाद बास्तोलाले सर्बसहमतिको टीम घोषणा गर्दै निर्बाचन मण्डलका संयोजक एबंम पुर्ब अध्यक्ष नारायण प्रसाद बास्तोलाले निर्बाचित टिमलाई सपथ खुवाउनु भएको थियो ।

सो अबसर मा नबनिर्बा्चित अध्यक्ष बसन्तराज बास्तोला ले अग्रज ब्यक्तिहरुको सल्लाहा सुझाब लिदै सम्पुर्ण टीमलाई सामाजीक र युबा मैत्री कार्य क्रियासील गराउने प्रतिबद्धता जनाऊनुभयो ।