२४ औं जनयुद्व दिवसः काठमाडौंमा रेड मार्चपास

1202
views

काठमाडौं, १, फाल्गुन । रेड मार्चपाससहित २४ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको नेकपा (क्रान्तिकारी माओवादी)ले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको शक्ति भोटाहिटीमा केन्द्रित गरी रेड मार्चपास गर्ने तयारी गरेको छ ।

क्रान्तिकारी माओवादीका केस तथा काठमाडौंका इन्चार्ज सुरेश श्रेष्ठका अनुसार दिउसो १ बजे भोटाहिटीमा जम्मा भई रेड मार्चपास गर्ने तयारी रहेको छ । उनका अनुसार ‘महान् जनयुद्ध– जिन्दावाद, वीर सहिदहरु– अमर रहून, नेपाली नयाँ जनवादी क्रान्ति– जारी छ’ लगायतका नाराहरुसहित रेड मार्चपास गरिनेछ । मार्चपास नगर परिक्रमा इन्द्रचोकमा पुगेर सभामा परिणत हुनेछ ।

काठमाडौं उपत्यकाबाहिर प्रायः सबै जिल्लाका मुख्य सहर तथा सदरमुकाममा रेड मार्चपास प्रदर्शनका तयारी रहेको बुझिएको छ । उदयपुर, मकवानपुरमा भने रेडमार्चपाससहित पार्टीको जिल्ला भेलाको आयोजना गरिएको छ भने कतै मसाल जुलुस तथा कतै गोष्ठी÷अन्तक्र्रिया कार्यक्रम समेत राखिएको बुझिएको छ । कतिपय जिल्लामा भने जनयुद्धका सहिद तथा वेपत्ता परिवार, घाइते अपाङ्गहरुसँग भेटघाट अन्तक्र्रिया र सम्मान गर्ने कार्यक्रमहरु समेत रहेको क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरले जनाएको छ ।