पाल्पामा उन्नाइस किसान सम्मानित

696
views

पाल्पा, १, फागुन । रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा कृषि क्षेत्रमा योगदान पु¥याएका १९ किसान सम्मानित भएका छन् ।

उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनेमा रैनादेवी छहरा गाउँपालिका–५ काधनबहादुर पुन, सन्तोष सार्की, नारायणबहादुर कार्की, रैनादेवी छहरा गापा–३ का पुरुषत्तोम पोखरेल, सुन्तला खेतीतर्फ रैनादेवी छहरा–३ काखिमबहादुर दर्लामी, ४ का भोजराज घिमिरे, ५ का नारायणबहादुर कार्की रहेका छन् ।

दालचिनी खेतीतर्फ रैनादेवी छहरा गाउँपालिका– ८ का दानबहादुर केसी, कली परियार, वडा नं ७ का कुलबहादुर कार्की, कफीतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का भगबहादुर थापा, वडा नं ७ का बलबहादुर लम्तरी र नारायणबहादुर कार्की, बाख्रापालनतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का बुद्धिबहादुर राना, वडा नं २ का नारायणबहादुर पोखरेल, वडा नं १ की हेमा रेश्मी, वडा नं ५ का चन्दबहादुर खड्का हुन् ।

दुग्ध उत्पादनतर्फ रैनादेवी छहरा–२ रेखीराम पोखरेल, अर्जुनप्रसाद पोखरेल र वडा नं ५ का होमनाथ पौडेल रहेका सूचना अधिकारी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । रैनादेवी छहरा गाउँपालिका–५ नं वडाका कार्यालय सहयोगी अम्बरबहादुर रायमाझी पनि सम्मानित भए । सम्मानितहरुले पाँच हजारदेखि नौ हजारसम्म नगद पुरस्कार पाएका थिए ।

सफल र नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।