भरतपुरमा महानगरपालिकामा एमालेका देवी ज्ञवाली ७६१, रेणु दाहाल ६०५

601
views

चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । भरतपुरमा जारी मत गणना अनुसार एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली ७६१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेस–माओवादी गठबन्धन मेयरकी उम्मेदवार रेणु दाहालले ६०५ मत पाउनु भएको छ ।
यस्तै नेकपा एमालेका उपमेयरका उम्मेदवार दिव्या शर्माले ६२३ मत र कांग्रेसका तर्फबाट उपमेयरकी उम्मेदवार पार्वती शाहले ७४० मत पाउनु भएको छ ।