सामुहिक कार्यक्रममा सहनशिलता महिला समुह अव्बल

1010
views

दिपसागर पौडेल
पर्वत, १, फागुन । कुश्मा नगरपालिका–७ खरेहाका सहनशिलता महिला समुह महिला अभियनमा जागरुक बनेको छ । समुहले ठुला ठुला महोत्सवमा हुने कृषि क्षेत्र, सामुहिक नाचगान र रत्यौली जस्ता कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।

समुहकी अध्यक्ष ईन्द्र कुमारी क्षेत्रीका अनुसार समुहले सामुहिकतामा कामहरु गर्न थालेपछि सांस्कृतिक कार्यक्रमहरुमा प्रथम स्थान हासिल गरी पुरस्कृत हुँदै आएको छ ।

पुरष्कार स्वरुप पाएको रकम पनि सामुहिक कार्यमा नै खर्च गर्ने गरेकोले समुहमा बढ्दो आर्कषण र नयाँ नयाँ काम गर्ने उत्साह बढेको क्षेत्रीले बताईन् ।

समुहले विकृतिका रुपमा प्रयोग हुँदै आएको जाडरक्सी सेवन तथा लागु औषधमा लागेकाहरुलाई पुलिस समक्ष पुर्याउने र सुधारको वाटोमा लैजाने गरेको छ । समाजमा हुने कलहलाई पनि सकुहले नियन्त्रण गर्दै आएको छ । अन्ध विश्वास, अर्ध सोंचका कारण समाजमा भएका झै–झगडालाई पनि गाउँघरमा नै सुल्झ्याउने गरेको छ ।