हावाहुरीले दर्जन बढी स्कुलको छानो उडायो

1061
views

सिमकोट, २, फागुन । हावाहुरीले हुम्लाका एक दर्जनभन्दा बढी स्कुलहरुको छानो उडाएको छ । हावाहुरीले सदरमुकाम सिमकोटको मानसरोवर माध्यमिक विद्यालय, साहारा समुहको छात्राबास, रलिङ्ग मावि बरगाउँ, मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायतका विद्यालयका कक्षाकोठाको छाना उडाएको शिक्षा विकास समन्वय इकाई प्रमुख वर्ष फडेराले जानाकारी दिए ।

सदरमुकाम सिमकोटको मानसरोवर माविको कक्षा १२ कोठे भवनको पूरै छानो हावाहुरीले उडाएपछि कक्षा कोठाभित्रै २ फिटभन्दा बढी हिउँ जमेको छ ।

विद्यायका प्रधानाध्यापक अमरबहादुर शाहीका अनुसार फागुनको पहिलो साताबाट विद्यालयको पठन पाठन सुरु हुने विद्यालयका कक्षा कोठामा हिउँ थुप्रिएपछि कक्षा सञ्चालन गर्न कठिनाइ छ । स्थानीयले जिल्ला प्रशासन कार्यालयमा राहातको माग गरेका छन् ।