हक्कीका पूर्वखेलाडी पूर्वएआईजी थापा सम्मानित

873
views

झापा । झापाको दमकमा कभर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तथा हक्कीका पूर्वखेलाडी अमरसिंह शाहलाई खेलकुद विकास समिति झापाले सम्मान गरेको छ ।

दमक नगरपालिका– ९ निवासी जग्गादाता अमरसिंह शाहलाई खादा लगाएर सम्मान गरेको हो । शाहलाई खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, नेपाल हक्की संघका सचिव रञ्जन थापा, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनाली, खेल प्रशिक्षक, पत्रकारलगायतको खादा लगाएर सम्मान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदले खेलकुद विकास समितिमार्फत दमकमा कभर्ड हल निर्माणका लागि बजेट निकासा गरेपछि शाहले दमक ९ मा १० कट्ठा जमिन खेलकुदका लागि निःशुल्क प्रदान गरेका हुन् ।