धौलागिरीको पहिलो विद्यायलयको ७८ औं वार्षिक उत्सव

1033
views

सीताराम थापा
बागलुङ बजारमा रहेको धौलागिरीकै ऐतिहासिक पहिलो पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले आफ्नो ७८ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

वार्षिक उत्सवमा यस विद्यालयका संस्थापक एवं पुर्व राज्यमन्त्रि ओमकार प्रसाद गौचनले धौलागिरीको इतिहास बोकेको पहिलो विद्यालय भएकोले देशभरी नै पहिचान बनाउन लाग्नुपर्ने बताए ।

उत्सवमा पूर्वराज्य मन्त्री चम्पा खड्का, प्रदेश सांसद इन्द्रलाल सापकोटा, नगर वडा अध्यक्ष गणेश थापा, समाजसेवी देवबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णराज शर्मा, विव्यस सदस्य बाबुलाल शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न छात्रवृत्तियोग्य विद्यार्थीलाई र विद्यलायका शिक्षक कुलराज शर्मा, भिम प्रसाद गौतम, केशबप्रसाद पौडेल, कुलराज शर्मा, मुकुन्द आचार्य लगायत सम्मान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवाचन्द्र राजभण्डारीको अध्यक्षतामा संचालन शिक्षक भिमप्रसाद गौतमले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक समारोह आयोजना प्रस्तुती गरेको थियो ।