गर्भवती र सुत्केरी महिलालाई निःशुल्क हेली उद्धार

1317
views

पोखरा । गण्डकी प्रदेश सरकारले गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जानबाट जोगाउन निःशुल्क हेलिकोप्टर मार्फत उद्धार गर्ने निर्णय पनि गरेको छ । जोखिममा परेका सुत्केरी र गर्भवती महिलालाई हेलि वा एयर लिफ्टिङ गर्ने कार्यविधि पारित गरेको छ ।

फाईल तस्विर


‘कुनै पनि महिला सुत्केरी अवस्थामा जोखिम मोल्नुपर्ने छैन, सरकारले उनीहरुको उद्धार गर्छ, निर्णय सार्वजनिकरणमा उल्लेखित छ । हेलि उद्धारमा लाग्ने खर्च पनि सरकारले नै ब्यहोर्ने छ ।’ गर्भवती र सुत्केरी महिलालाई जोखिम व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने कार्यविधि आजको बैठकबाट पारित भएको हो ।

एयर लिफ्टिङ गर्दा स्थानीय स्तरमा उपचारार्थ स्वास्थ्यकर्मीको सिफारिस चाहिने छ । जोखिम पहिचान स्थानीय स्वास्थ्यकर्मीले जानकारी गराई सिफारिसको आधारमा प्रदेशको फोकल समितिले निर्णय गर्ने जनाईएको छ । सम्बन्धित मन्त्रालयको समन्वयमा तत्काल हेलिकोप्टर पठाएर उद्धार गर्ने र सुविधा सम्पन्न अस्पतालमा पठाउने काम हुने उल्लेख छ । उद्धारमा सहजताका लागि सिफारिस समितिको सचिवलाई संयोजक तोक्ने ब्यवस्था मिलाईएको छ । सरकारले तत्काल उपलब्ध हुन सक्ने जुनसुकै हेलिकोप्टर पनि प्रयोग गरि जोखिमको अन्त्य गर्नेसक्ने (सामाजिक बिकास मन्त्रि नरदेवी पुनले बताईन् ।

मंगलबारको बैठकले प्रदेश मातहत आएका सबै अस्पतालमा प्रदेश सरकारले काम थाल्ने निर्णय गरेको छ । अब प्रदेश अन्तरगत नै जिल्ला जनस्वास्थ्य कार्यालयहरु रहने मन्त्री पुनले बताईन् ।