नब्बे घार मौरी वार्षिक दस लाख आम्दानी

1524
views

बैतडी । बैतडीका एक युवा उद्यमीले ९० घार मौरी पालेका छन् । उनको आम्दानी वार्षिक दस लाख रुपियाँ छ । दशरथ चन्द नगरपालिका–५ पोटाका ३३ वर्षीय सुदर्शन लेखकले माहुरीपालन व्यवसायबाट बार्षिक दस लाख रुपियाँ आम्दानी गरेका हुन् । व्यावसाय र आम्दानीप्रति उनी निकै खुसी छन ।

उनले सेरेना जातको मौरी पालेका छन् । उनले मौरीका घार बेचेर त्यतिका आम्दानी गर्ने गरेका हुन् । लेखकले सबै खर्च कटाएर दस लाख रुपियाँ बचत गरेको बताउँछन् ।

नागार्जुन मौरीपालन उद्योग दर्ता गरी व्यावसायिक मौरीपालनमा लागेका लेखकले दुई जनालाई रोजगारीसमेत दिएका छन् । मौरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुनसक्ने तथा अरिङ्गालले खाने समस्या रहेको भन्दै रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिएका हुन् ।

लेखकले गत साउनदेखी १२ क्विन्टल मह बेचिसकेका छन् । मह धनगढीदेखि काठमाडौँसम्म प्रतिकिलो आठसयमा बिक्री हुने गरेको छ ।