सार्वजनिक सेवाका लागि एकिकृत घुम्ती शिविर

1593
views

मराङ ५, फागुन । धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा सार्वजनिक सेवाका लागि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरिएको थियो । शिविरमा ७० वटा नयाँ र १३ वटा प्रतिलिपि नागरिकताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले ७७ जनाको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरणको सेवा दिएका थिए । जिल्ला निर्वाचन कार्यालयको टोलीले ५७ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गराए ।

सोही शिविरको अवसरमा गाउँपालिकाले अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । ५१ जना जेष्ठ नागरिक र चार जनालाई अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको छ । आजसम्म हुने सो शिविरमा मराङ र मल्कवाङका बासिन्दाहरुले सेवा लिएका थिए ।

मराङ र मल्कवाङमा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाको वडामै सम्झौता गर्न घुम्ति शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।