सामाजिक सञ्जालमा पशुपति चर्चा

571
views

काठमाडौं । गायक पशुपति शर्माले गाएको ’लुट्न सके लुट’ युट्युवबाट हटाएपछि चर्चा झन् बढेर गएको छ । उनले तीन दिन अघि मात्र ’लुट्न सके लुट‘’ बोलको गीत सार्वजनिक गरेका थिए ।

उनका समर्थकहरुले सामाजिक सञ्जालमा समर्थन र विरोधका आवाज छताछुल्ल गरेका छन् । सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन् । अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको पक्षमा देखिएका छन् ।

शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएका थिए । नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाइरहेका छन् ।

सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ ।

समर्थकहरुले पशुपतिको गित युटुबाट हटाउनु पर्दा सरकारको त्रि आलोचना गरेका छन् ।