नगरवासीसँग कर सचेतना अभियान

1104
views

महेन्द्र जिसी
पर्वत, ५ फागुन । फलेवास नगरपालिकाले नगरवासिसँग कर सचेतना अभियान थालेको छ । नगरपालिकाले उठाउँदै आएको करको बारेमा नगरवासीहरुलाई जानकारी गराउँदै उनिहरुको सुझाव संकलन गर्न अभियान थालेको हो । कर तिर्नुपर्ने शिर्षक, करका प्रकार र करको उपयोगिताको बारेमा नगरवासीसँग छलफल एवं अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

आगामी वर्षको लागि करमा पूर्नविचार गराउन अभियान थालेको नगरपालिकाले जनाएको छ । नगर पालिकाले तोकेका करका मापदण्ड र गुरुयोजना तथा नगरसडक विस्तार, खानेपानी लगायतका विषयमा नगरवासीहरुलाई जानकारी गराउँदै स्वच्छिक करको अभियान सञ्चालन गरिएको नगरपालिकाका राजश्व प्रमुख रमेश पौडेलले जानकारी दिए ।

‘कृषि, पर्यटन, पुर्वाधार र रोजगार फलेवास नगरपालिकाको सम्मृद्धिको आधार’ भन्ने नाराका साथ अभियान सञ्चालन भएको छ ।

अगिल्लो वर्षमा नगरबासीहरुसँग अन्तरक्रिया गरी नगर कर निर्धारण गर्दा परेका समस्याको खोजी र समाधानको लागि सचेतना अभियान थालिएको रमेश पौडेलले बताए ।

कर सचेतना अभियानमा नगरपालिकाका उप प्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक मञ्जु अधिकारीले नगरवासीहरुको अवस्था हेरेर न्यूनतम करको मापदण्डमा ल्याउनका लागि वडा स्तरमा पुगेर अभियान सञ्चालन गरिएको बताईन् ।

अभियानमा नगरपालिकाले उठाएको कर बारे जिज्ञासाको सुनुवाई गर्दै जनताको चाहाना अनुसार नै करका मापदण्ड निर्धारण गरेर करको दायरमा राजस्वको दायरा फराकिलो बनाएको अधिकारीले बताईन् ।

गत फाल्गुन १ गते देखी थालिएको सचेतना अभियान ५ वडामा पुगेर स्थानीयसँग करका बारेमा अन्त्रकृया गरीसकेको नगर पालिकाले ११ वटै वडामा पुगेर स्थानीयको सुझाव सहित करको मापदण्ड तयार पारीने भएको छ ।

नगर पालिकाका प्रशासकीय अधिकृत मोती प्रसाद सापकोटाले संविधानबाट प्रद्धत अधिकारलाई स्थानीय तहसम्म पु¥याउँदै नगरपालिकालाई विकासको अनुभूति गराउन पनि राजस्व सचेतना थालिएको बताए । सापकोटाले राज्यले आँफुहरुलाई जन्मपूर्व र जन्मेपछि मृत्यु नहुन्जेलसम्म विभिन्न सुविधाहरु उपलब्ध गराएवापत सबै नागरीकले राज्यको महशुस गर्दै करको दायरामा ल्याउन कर सचेतना अभियान थालिएको बताए ।