बुङ्दीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

934
views

नवलपरासी २ जेठ । नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दुर्गाबहादुर रानाले तीन हजार १९१ मत ल्याई विजयी हुनुभएको छ । भने उपप्रमुखमा काँग्रेसकै मायादेवी श्रेष्ठले तीन हजार १७३ मत ल्याई विजयी बन्नुभएको छ ।
अध्यक्षमा रानाले एमालेका निकटतम प्रतिद्वन्द्वी श्यामसुन्दर श्रेष्ठलाई १५२ मतले पराजित गर्नुभएको हो । श्रेष्ठले तीन हजार ३९ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा काँग्रेसकै मायादेवी श्रेष्ठले एमालेका उम्मेदवार डिलकुमारी सारुलाई १६३ मत अन्तरले पराजित गर्नुभयो । सारुले तीन हजार १० मत प्राप्त गर्नुभएको थियो ।
यस गाउँपालिकाको वडा नं १, ३ र ४ मा काँग्रेसको समूहले जितेको छ भने वडा नं २, ५ र ६ एमालेले समूहले जितेको छ । बुङ्दीकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १७ स्थान नेपाली काँग्र्रेस र १५ स्थान नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।