नेकपा बैठकमा कार्यदलबारे विवाद

642
views

काठमाडौं, ९ फागुन । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगाठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा छन् । सचिवालय र कार्यदल सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।

कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका छन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘कार्यदलबारे सहमति जुट्न सकेन, भोलि फेरि छलफल हुन्छ ।’