हिन्दू रक्षा र विस्तारर्थ संगठित बनौं

767
views

–यज्ञ बहादुर थापा
नेपाल हिन्दू सभ्यता र संस्कृतिको उद्गम आदि थलो हो । पवित्र वेद र वेदान्त शास्त्रहरुको उत्पति नेपालबाट नै भएको हो । वेदद्दारा सभ्यताको निर्देशन गर्नै पहिलो मुलुक पनि नेपाल हो । विश्व ब्रह्माण्डमा यो दर्शन अनुपम ज्ञान विज्ञानले संयोजित भएको नेपालद्दारा सृजित प्रथम दस्तावेज हो । विगत केही दशक यता हिन्दू धर्म संस्कृति माथि पटक पटक सांघातिक आक्रामण भईरहेको छ । हिन्दू पलायनको संघारमा छ । नेपाल लगायत विश्वमा छरिएर रहेका समस्त हिन्दूहरु एकीकृत भई अस्तित्व पहिचानको लागि फेरि उठ्न जरुरी छ ।

राणा जंग बहादुरले श्री ३ घोषणा गर्नु, कोत पर्व, भण्डारखाल पर्व र राजा विरेन्द्रको बंश नाश हुने गरी घटाइएका घटना हिन्दू धर्म माथिको लाक्षणिक प्रहार हुन् । २०४६ साल पछि भित्राइएको बहुदलीय ब्यवस्था र उदयीमान राष्टिय नेता मदन कुमारी भण्डारीको दासढुंगामा रहस्यमय हत्याकाण्ड, संसदीय ब्यवस्थामा कुनै राजनीतिक दलले स्पष्ट बहुमत ल्याउदा सरकार गिराउने र आफ्नो इशारामा चल्ने कठपुतली सरकार निर्माण गर्ने संपूर्ण क्रियाकलापले नेपालको सांस्कृतिक वैभवलाई कमजोर गर्नु, आफ्नो संस्कृति भित्राउनु र नेपालको प्राकृतिक संपदा माथि एकाधिकार कायम गरेर नेपाललाई आर्थिक रुपमा टाट पल्टाउनु हो भने आदि रुपमा रहेको हिन्दू धर्म नष्ट गर्नु हो । यौटै तीरबाट २ वटा शिकार गर्ने विदेशी शक्ति राष्ट लागिरहेकाछन् । उल्लेखित चक्रव्युहका विरुध्द आम नेपाली जनता एकीकृत तथा संगठित भई नेपालको प्राकृतिक स्रोत र संपदा नेपालीले नै उपभोग उपयोग वितरण लगायतका अधिकार आफ्नो हातमा लिदै नेपाललाई विश्व समुदाय बीच सभ्य हिन्दू राष्टको रुपमा पहिचान दिई हिन्दू पर्यटनको रुपमा विकास गर्न गाउँ टोल वडा सबै संभावित क्षेत्रबाट संगठित भई हिन्दू एकताको वलीयो पहिचान जागरुक बनौं ।

अत ः हालको उदेश्य नेपाललाई हिन्दू राष्टको रुपमा पहिचान दिनु हो भने हिन्दू पर्यटनको रुपमा स्थापित गर्नु हो । वेद गीता मार्फत विश्वलाई आत्मा शान्तिको विगुल संप्रेषण गरी आत्मा शान्तिबाट विश्व शान्ति कायम गरी विश्व हिन्दूमय बनाउने आम लक्ष्य हो ।

नेपाल भूमीबाटै अव्यक्त तथा निराकार शिवादि शिवद्दारा यसै हिमालय काखबाट शक्ति पीठहरुको सृष्टि र उत्पति गर्दै महादेवरुपमा विश्वभर विचरण गरेको शास्त्रहरुमा पाइन्छ । देवहरु ब्रह्मा, विष्णु, महेश्वरको शक्ति पीठ एवं देवीहरु सतीदेवी, शैलजा, पार्वती, दुर्गादेवी र सीता जस्ता शक्ति रुपिणीहरुको उदय यसै हिमालय पर्वत काखमा भयो । चुरे श्रृंखला देखि हिमालय महाभारत पर्वतमालासम्मको दून र मैदानी, पहाडी क्षेत्रमा बसोवास गरेका हाम्रा पुर्वजहरुको आदि स्थल नेपाल रहेको र यही धरतीबाट नै उच्च संस्कृतिको आचार विचार र ब्यबहार ब्यहृत गर्दै आएका आर्य अनार्य सवैको समष्टि रुप हिन्दू समुदाय नै हो भन्नेमा दुई मत छैन ।

अव्यक्त शिवादि शिवको ज्योर्तिलिंग नेपालमा नै उत्पति भएको हो । ऋषि महिर्षिहरुको तपो भूमी ज्ञान भूमी पनि नेपाल नै रहेको कारण वेद व्यास लगायत महत्वपूर्ण ऋषिहरुका वासस्थान हिमालय क्षेत्र यही भूमी हो । वेद र गीता हाम्रा बैज्ञानिक दर्शन हुन् भने विश्व ज्ञान विज्ञानले भरिएको वेद नेपालमा नै लेखिएको थियो । हिन्दूका मुख्य विशेषताहरुमा दीप तथा अग्नि पूजा, प्रकृति तथा स्वस्थानी पूजा, नारी तथा देवी शक्ति पूजा हुन् ।

हिन्दूस्थान भन्नाले नेपालको हिमवत शिवालिक देशलाई नै बुझाँउछ । हिंउ पर्ने स्थानलाई हिंउस्थान र सो वरपर शिवालिक क्षेत्रमा वस्ने वासिन्दालाई हिंउस्थानी भन्दै गर्दा हिन्दूस्थानी र सो क्षेत्रलाई हिंदूस्थान भन्न थालिएको हो । सो स्थान वरपर बस्ने सबै वासिन्दालाई हिन्दू भनिएको हो । अनादि काल देखि नेपाल हिन्दूस्थान रहेको र नेपालमा बस्ने आदिवासीहरु आर्य र अनार्य सबै हिन्दू नै हुन् । यही नेपालको हिमवत खण्डबाट मानिसहरुको विचरण भएको विश्व ब्रहमाण्डको हरेक कुनामा फिंजिएको विभिन्न शास्त्रले पुष्टि गर्दछ । हिन्दूको मूल रुप नेपाल नै भएको यसको संरक्षण गरी विश्व समुदायमा संप्रेषण गरिनु पर्दछ । हिन्दू नै नेपालको अनादि काल देखिको मुख्य राष्टिय पहिचान हो । हिन्दू भनेको सभ्यता र सांस्कृतिक पहिचान हो । उच्च सभ्यता र संस्कृतिका सचालक संवाहक र धरोहर तत्कालीन हिन्दूस्थान हालको नेपाल नै हो ।

नेपाल सांस्कृतिकरुपले मात्र होइन प्राकृतिकरुपले पनि संपन्न मुलुक हो । नेपालको अकूत प्राकृतिक संपदा माथि विदेशी शक्ति राष्टको नजर पर्नाका कारण नेपालको हिन्दू सांस्कृतिक वैभव पंरपरा र वलीयो राष्टवादलाई टुटफुट र कमजोर गरेर मात्र नेपालको प्राकृतिक संपदा हडप्न सकिन्छ भन्ने निष्कर्षमा पुगेर खेलमा विभिन्न रुप र रंगमा विदेशी शक्ति राष्ट नेपालमा प्रवेश गरे । विभिन्न जाति प्रजातिका नाम र उपमा दिएर आपसमा द्दन्द फैलाउने हजारौं लाखौ वर्ष पुरानो संस्कृति नामेट गरी जातिहरुको अन्त गर्ने कुचेष्टा भैरहेको छ ।

उदयीमान राष्टवादी नेता मदन भण्डारीको हत्या देखि राजा विरेन्द्रको बंश नाश, सरकारहरु गिराउने र आफ्नो इशारामा नाच्ने कठपुतली सरकारको निर्माण, र संरक्षकत्व अभिभावक विहिन बनाई नेपाल सरकारले केही गर्न सक्दैन भन्ने हिनतावोध उत्पन्न गर्नु र नेपाल बस्नु नै अभिसाप हो भन्ने गराउनु विदेशी योजना अन्र्तगत नै पर्दछ ।

जनअनुमोदन विना नेपालको संविधानबाट राजसंस्थाको अन्त गरायो । आम जनमत संग्रह विना संविधानमा धर्म निरपेक्षता उल्लेख गरी अनादि काल देखिको हिन्दू राष्टवाद गिराउने काम गर्याे । उल्लेखित घटनाहरु विदेशी शक्ति राष्टकै घटिया क्रियाकलापका उपज हुन् । अत हामीले हाम्रो संविधानमा आदि काल देखि नै राष्टिय पहिचानको रुपमा रही आएको हिन्दू राज्य कायम गरिनु अनिवार्य छ । अन्यथा हामी यहाका आदिवासी हुदाहुदै पनि शरणार्थी जीवन गुजारा गर्न नपरोस् । विदेशी राष्टको हामी थोपरिएको भ्रमजालबाट मुक्त हौं । विश्व समुदायलाई नै हामी नेपालीले आध्यत्मिक धार्मिक नेतृत्व प्रदान गरौं । विश्वमा नेपाललाई हिन्दू राष्ट कायम गरौं । नेपाललाई हिन्दू पर्यटनको मुख्य गन्तव्य कायम गर्न नया शीराबाट अभ्यास शुरु गरौं । हिन्दूका रुपमा आदि अनादि र सनातनी रुपमा रहेको नेपाललाई संविधानमा हिन्दूराज्य नै कायम गरौं । गाउँ शहर टोल वस्ति बस्तिबाट उठौं । नेपाललाई एक मात्र हिन्दू राष्टका निम्ति विश्व पहिचान दिऔं । जय हिन्दूस्थान ।। जय हिन्दू भूमी ।।  लेखकः अधिवक्ता हुन् ।