प्रयोगविहीन खेल मैदानलाई भाडा किन ?

907
views

महेन्द्र जिसी
पर्वत, ९, फागुन । कुश्मा नगरपालिकाले वार्षिक डेड लाख खर्चेर भाडामा लिएका खेल मैदान प्रयोगमा आउन सकेका छैनन । कुश्मा नगरपालिका–७ मा रहेका तीन खेल मैदान उपयोगविहीन भएका हुन । स्थानीयको खेत तथा वारी भाडामा लिएर वार्षिक भाडा तिर्दै आएको भएपनि खेल मैदान खेल्नका लागि प्रयोगमा आउन नसकेका हुन ।

वडा सचिव ईन्दु शर्माले नगरपालिकाले नै खेल मैदानको भाडा तिर्ने हुँदा आँफुहरुलाई उपयोग भए नभएको थाहा नभएको बताए ।

प्रति रोपनी २१ हजारको दरले भाडामा लिइएको ८ रोपनी खेल मैदान उपयोगविहीन बनेको हो । डेड वर्षअघिदेखी नगरपालिकाले भाडा तिर्दै आएपनि अहीलेसम्म कुनैपनि खेलका संरचनाहरु तयार छैनन् ।

नगरपालिकाका लेखा अधिकृत कृष्ण शर्माले गतवर्ष खेल मैदानका नामम एकलाख खर्च गरीएको भएपनि चालु वर्षको लागि खेल मैदानको सम्झौता नभएको बताए ।

लेखा अधिकृत शर्माले आँफैले पनि खेल मैदानको लागि नगरपालिकालाई जग्गा भाडामा लाएको बताए ।

विगतका वर्ष देखी कुश्मा–७ मा रहेको दुर्लुङचोक खरेहा र गोदामका खेल मैदानहरु उपयोगमा आउन नसकेका हुन । नगरपालिकाले खेलकुद क्षेत्रमा वार्षिक २० लाखसम्म खर्च गर्दै आएको छ ।