सानेपामा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

789
views

काठमाडौं । नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघको दुई समुहबीच झडप भएको छ । कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आइतबार नेविसंघका दुई समूहबीच झडप भएको हो ।

विद्यार्थीहरू बिच एकआपसमा ढुंगा हानाहान भएपछि प्रहरीले लाठी चार्ज गरेको छ । पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीहरू त्यसमा सन्तुष्ट छैनन् ।