चितवन समाज इजरायलको तेस्रो अधिबेशन सम्पन्न

804
views

अनिरुद्र सुवेदी
ईजरायल, २ जेठ । ईजरायलमा रहेको नेपालीकहरुको गौरवशाली संस्था चितवन समाज इजरायलको तेस्रो अधिबेशन शुक्रबार इजरायलको रमणीय स्थान गोलेन हाइटमा सम्पन्न भएको छ । संस्थाका अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अबिधेशन सम्पन्न भएको हो ।
इजरायलमा रहेका विभिन्न निकायका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न उक्त अबिधेशनको सभापतित्व संस्थाकी निबर्तामान अध्यक्ष शान्त झावालीले गर्नुभएको थियो ।
उक्त अबिधेशनले सस्थाका निवर्तमान उपाध्यक्ष सरिष्मा बरालज्यु अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको छ ।
नब गठित कार्यसमितिको अध्यक्षमा सरिष्मा बराल, बरिष्ठ उपाध्यक्ष प्रभा घिमिरे, प्रथम उपाध्यक्ष चन्द्र प्रकाश ढकाल, द्वितीय उपाध्यक्ष नीलम भुसाल, तृतीय उपाध्यक्ष प्रभा पौडेल शर्मा रहनुभएके छ । यस्तै समितिको पदाधिकारीहरुमा महासचिव चिरञ्जिवी मिश्र, सचिव गौरी शर्मा, सहसचिव सबिसा थापा, कोषाध्यक्ष रमा पौडेल, सह–कोषाध्यक्ष गायत्री ढकाल रहनुभएको छ ।
कार्यसमितिको सदस्यहरुमा कमला गुरुङ्ग, दिना न्यौपाने, नमूना पौडेल, कमल गुरुङ्ग, जीना सिंह सम्झना पन्त, सरस्वती बानिया, सीता अधिकारी, मोहन बस्नेत, खिला थापा, सरु तिमिल्सिना लक्ष्मी बराल र देवी पौडेल रहनुभएको छ ।