कर्मचारीलाई समायोजनको पत्र

711
views

काठमाडौंँ, १४ फागुन । सरकारले ३८ हजार ८१७ जना कर्मचारीलाई समायोजनको पत्र दिएको छ । अहिलेसम्म समायोजन भएका कर्मचारीमा सचिव ७७ जना, सहसचिव ६६७, उपसचिव एकहजार ७३० जना, शाखा अधिकृत चार हजार ७९३, नायब सुब्बा नौ हजार ८०३, खरिदार पाँच हजार ८९२, कार्यालय सहयोगी १० हजार ९४८ जनालाई समायोजनको पत्र प्रदान गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अझै करिब ४७ हजार जना कर्मचारी समायोजन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ति मध्ये संसद्, परराष्ट्र, न्याय र स्वास्थ्य सेवाका कर्मचारी समायोजन हुन बाँकी छन् । अबको दुई साताभित्र सबै कर्मचारी समायोजन भइसक्नेछन् ।

कर्मचारी समायोजनका क्रममा ७७ हजार ३७४ जना कर्मचारीले समायोजनका लागि आवेदन दिइएका थिए । कुल ८१ हजार कर्मचारीमा करिब चार हजार कर्मचारीले समायोजनका लागि आवेदन दिएका थिएनन् । आवेदन नदिएका कर्मचारीलाई पनि सरकारले पत्र प्रदान गरी समायोजन गर्न लागेको छ ।

मन्त्रालले समायोजनका लागि १२ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधि गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ ।