‘जनघाती सरकारलाई खारेज गर्नुपर्छ’–गजुरेल

811
views

धनुषा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले सिमा क्षेत्रका समस्यामा सरकार मौन बसेको भन्दै मुलुकमा सिक्कीमिकरणको संकेत देखा परेको बताएका छन् ।

मोर्चाले मंगलबारदेखी शुरु गरेको मेची–महाकाली अभियानका क्रममा धनुषाको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए । उनले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार देश र जनताको पक्षमा नभएको उल्लेख गर्दै दलाल, तस्कर, माफीया र अपराधीहरुको पक्षमा रहेको सरकारले जनताको पक्षमा काम नगर्ने बताए ।

अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार र सामाजिक अपराधका घटनाहरुले प्रसय पाएको बताए । उनले मुलुकको आन्तरिक सुरक्षा नीतिमा हस्तक्षेप बढेको भन्दै त्यस्तो राष्ट्रघाती, जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्ने बताए ।

नेता गजुरेलले मुलुकमा राष्ट्रियता, जनतन्त्र र जनजजिविकाका समस्याहरु दिन दिनै बढ्दै गएको बताए । उनल शिक्षा, स्वास्थ्य, रोजगार, गास, बाँस र कपास जस्ता मानिसका लागि आधारभूत आवश्यकताको परिपूर्ति राज्यले गर्नुपर्नेमा त्यस्तो नगरिएको उनले बताए ।

उनले मुलुकमा बढ्दै गएको सिक्किमीकरणका विरुद्ध सडक आन्दोलनको विकल्प नरहेको बताउँदै सबै समस्या र त्यसको समाधानको लागि संघीय जनगणतन्त्रको स्थापना आवश्यक रहको बताए ।

गजुरेलले पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदैँ भने–‘हिजो सँगै भएका कोही सत्ताँमा छन कोही कता कता कुदिरहेका छन, कहाँ कस्ले के भन्छ वा पट्काउँछ त्यो हामीसँग जोडिने विषय हैन, हामी जनता जगाउने अभियानमा छाौं, यहिबाट जनताको समर्थन सहित आन्दोलन गछौं ।’