नेपाली संस्कृति मनाउन विदेशी कलाकार बागलुङ आउँदै

1179
views

सीताराम थापा
वागलुङ । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङले महाशिवरात्रीको अवसरमा आगामी फाल्गुन १५ गते बुधवार ‘‘महारात्री” नामक आध्यात्मिक साँझ गर्ने भएको छ ।

नेपाली संस्कृति विदेशी प्रस्तुति भन्ने मूल नारा रहेको कार्यक्रममा १० देशका ३० भन्दा बढी विदेशी कलाकारले नेपालको स्वदेशी संस्कृति, रामायण, महाभारत, शिवरात्रीमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गर्ने योजना रहेको छ । कार्यक्रममा ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायत कलाकारहरुको पनि प्रस्तुती हुने छ ।

राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतिको पनि अहं भुमिका हुने तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको सकरात्मक प्रगति हुने कुरालाई आत्मसाथ गरी यो कार्यक्रमको आयोजना गर्न लागेको ईस्कोन बागलुङका अध्यक्ष परमेश्वर दास बताउँछन ।

बागलुङको कालिगण्डकी फिल्म हलमा सिमित सिट क्षमतामा गर्न लागिएको उक्त कार्यक्रममा भाग लिनलाई नेपालभरका आयोजकलाई ९९८४६५८१२०९० सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।

ईस्कोनको गैरनाफामुलक कार्यक्रम भएपनि आयोजना खर्च जुटाउन टिकटको प्रवन्ध गरिएको र अतिरिक्त रकम उठेमा सामाजिक सेवाको सतकर्ममा खर्च गर्ने सोचाई रहेको आयोजक समितिले जनाएको छ ।