नेपालमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि अमेरिकाको चासो

574
views

काठमाडौ, २ जेठ । संयुक्त राज्य अमेरिकाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उचित वातावरण निर्माण गर्न आग्रह गरेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र व्यापक समर्थनका साथ सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग नागरिक समाज राजनीतिक दल र ३,४ र ६ नम्बर प्रदेशका नागरिक लगायत सबै सरोकारवालाहरुले गरेको प्रयत्नलाई अमेरिकाले सराहना गर्दै दोस्रो चरणमा हुने निर्वाचनको वातावरण बनाउन अमेरिकाले आग्रह गरेको हो ।
‘जेठमा सम्पन्न हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौँ, जसले गर्दा प्रदेश नं. १, २, ५ र ७ का नागरिकहरूलाई पनि स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्ति हुन सकोस् अमेरिकाले भनेको छ’ स्थानीय निर्वाचनको दोस्रो चरणमा निर्बाध रूपमा अन्तर्रा्ष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका आग्रह गर्न चाहन्छ । यसो भएको अवस्थामा मान्यताप्राप्तण कूटनीतिज्ञहरू लगायत अन्तराष्ट्रिय समुदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्छ ।’
अमेरिकाले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘आगामी निर्वाचनका लागि ३० दिनभन्दा कम समय बाँकी रहेको यस अवस्थामा हामी राजनीतिक सहमति कायम गर्ने प्रयत्नाहरूलाई जारी राख्न आग्रह गर्दछौँ, जसमार्फत समावेशी प्रक्रियाका लागि स्थानीय निर्वाचनको दोस्रो चरणमा सकेसम्म धेरै मतदाताहरू सहभागी बन्न सकून् । यसो भएको खण्डमा निर्वाचन प्रक्रियाको विश्वसनीयता बढ्नेछ र मुलुकभर लोकतान्त्रिक रूपान्तरण बलियो बन्नेछ ।’ शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन(प्राप्तन तथा विश्व सनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको पनि बिज्ञप्तिमा उल्लेख छ । ’हामी सबै दलहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछौँ । साथै, हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मापदण्डहरूको पालना गर्न अनुरोध गर्न चाहन्छौँ’प्रेस बिज्ञप्तिमा भनिएको छ ।