पर्वतको कुश्मा नगरपालिका १ मा एमालेका सुवेदी बिजयी

565
views

पर्वत, २, जेठ । कुस्मा नगरपालिकाको वडा नं १ पाङ्गमा एमालेका देबेन्द्र सुबेदीले वडा अध्यक्ष पदमा बिजय हासिल गरेका छन् । सुबेदीले १ हजार १९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरामणी रिजालले ९ सय ७२ मत पाएका छन । मेयरमा नेपाली कांग्रेसले १ हजार २ सय ५२ र उपमेयरमा १ हजार १ सय ९३ मत प्राप्त गरेको छ । एमालेले मेयरमा ७ सय ४३ र उपमेयरमा ७ सय ५२ मत पाएको छ । पाङ्गमा २ हजार ३ सय २६ मत खसेको थियो ।