माटेदेवलले मनायो ५९ औं वार्षिक उत्सव

655
views

पर्वत । श्री माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालय फलेवास नगरपालिका–४ ले ५९ औं वार्षिक उत्सव मनाएको छ । विद्यालयले ५९ औं बर्षको अवसरमा विभिन्न कार्यक्रम सहित वार्षिक उत्सव मनाएको दिपक रेग्मीले जानकारी दिए ।

वार्षिक उत्सव कार्यक्रममा बोल्दै फलेवास नगरपालिका–४ का वडा अध्यक्ष टिकाराम गौंडेलले विद्यालयले प्राविधिक क्षेत्रमा पठनपाठन गराउँदै आएको र यस क्षेत्रकै विद्यार्थीहरुलाई ठूलो टेवा पुगेको बताए ।

उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि यस क्षेत्रका विकासप्रेमी, नागरीक, शुभचिन्तक सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर रेग्मीको अध्यक्षतामा भएको बार्षिक उत्सवमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले विद्यालयको प्रगति वारे सुनाउँदै विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरको थप विकास गर्दै लैजानुपर्ने बताए ।

सो अवसरमा विद्यार्थी एवं सहयोगदाता, संस्थापकहरुलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । ५९ औं बार्षिक उत्सव कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अर्जुन क्षेत्रीले गरेका थिए ।