गण्डकी प्रदेशस्तरीय तेक्वान्दोमा पर्वत पहिलो

638
views

संजय रेग्मी
पर्वत । पर्वत र कास्कीको पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा पर्वतले प्रथम स्थान हासिल गरेको छ ।

आठौँ राष्ट्रिय खेलकुदको छनोटका लागि भएको प्रतिस्पर्धामा पर्वतले पाँच इभेन्टमा प्रथम, तीनमा दोस्रो र दुई वटामा तेस्रो स्थान हात पारेको छ । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङका अनुसार प्रतिस्पर्धाअन्तर्गत ६३ केजी तौल समूहमा गणेश सिलवाल, ७४ केजी तौल समूहमा ईश्वर नेपाली, ८० केजी तौल समूहमा लगन श्रेष्ठ, ८७ केजी तौल समूहमा उत्तम मल्ल र ८४ केजी तौल समूहमा दिपक फगामी पुन प्रथम भएका छन्। यस्तै, ५८ केजी तौल पुरुषतर्फ गणेश नेपाली र महिलातर्फ ४६ केजी समूहमा सोनिया माझी तथा ६७ केजी समूहमा अनिसा सुवेदी दोस्रो बनेका छन् ।

५७ केजी तौल समूह महिलातर्फ प्रकृति अधिकारी र ६८ केजी तौल समूहको पुरुषतर्फ सुजन रोक्का तेस्रो भएका छन्। प्रतिस्पर्धामा पुन्से महिलातर्फ सोनिया माझी, जसिका महतो, ज्योति क्षेत्री र आस्था शर्मा विजयी भए भने पुरुषतर्फ समिर थापामगर, मिलन विक र प्रसन्न परियारले जित हात पारे ।