मेची–महाकाली अभियान तनहुँमा

860
views

मेची–महाकाली अभियानमा रहेको प्रदेश नं ४ ले तनहुँको दमौली, भिमाद, दुलेगौंडा, डुम्रे, भिमर्फिदी र लमजुङकोे बेशीशहरमा कोणसभा कोणसभा गरेको छ । कोणसभालाई अभियानमा रहेका नेताहरुले संबोधन गरेका छन् ।

दमौलीमा भएको कोणसभालाई देभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सचिवालय सदस्य तथा प्रदेश नं ४ का संयोजक एवं नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य केश बहादुर परियारले संबोधन गरेका छन् ।

कोण सभालाई संबोधन गर्दै नेता परियारले नेकपा नेतृत्वको वर्तमान सरकारले संस्थागत भ्रष्टाचारलाई बढवा दिएको बताएका छन् । उनले यो कम्युनिष्ट नामको सरकार नभएको बताउँदै लुटेराहरुको सरकार भएको टिप्पणी गरे ।

मन्तव्यको अधिकांश समय वर्तमान सरकारको विरोध गरेका नेता परियारले यो सरकारले नेपाली जनताका कुनैपनि अपेक्षाहरु पुरा गर्न नसक्ने बताए ।

यता ढोरर्फिदीमा भएको कार्यक्रमलाई संबोधन देजमो प्रदेश नं ४ का सदस्य परशुराम कोईरालाले गरेका थिए । कोईरालाले नेकपा सरकारले नेपाली जनताको शान्ति सुरक्षामा गम्भिर नभएको बताए । उनले यो सरकारले सुन काण्ड, वाइडबडी खरिद प्रकरण, १३ बर्षिय बालिका निर्मला पन्त हत्या प्रकरण जस्ता विषय लुकाउने प्रयासमा लागेको बताए ।

तनुहँको दुलेगौंडा र लम्जुङको बेसीशहरमा भएको कार्यक्रमलाई नेकपा ९क्रान्तिकारी माओवादी० का धौलागिरी ईन्चार्ज निल बहादुर पुनले संबोधन गरेका थिए । उनले मुलुकमा जाती, जनजाती र आदिवासी पहिचानलाई मेटाएर दलालीकरण संघीयता लादेको बताए । पुनले वर्तमान सरकार इतिहासकै नालायक सरकार भएको उल्लेख गरे ।

भिमाद र दमौलीमा देजमो केन्द्रिय सचिवालय सदस्य एवं सो पार्टीका केन्द्रिय सदस्य अशोक लम्साल ‘अनुकल’ ले संबोधन गरे । उनले नक्कली कम्युनिष्टबाट नेपाली जनताको मुक्ति सम्भव नभएको बताए ।

उनले नेपालमा जनवादी क्रान्ति पुरा नभएको बताउँदै जाती, वर्ग, क्षेत्र र लिङ्गको वर्गिय मुक्तिआन्दोलनबाट मात्र सम्भव भएकोले नेपालमा वर्ग संघर्ष अपरीहार्य रहेको बताए ।

भिमादमै भएको कार्यक्रमलाई देजमो केन्द्रिय सदस्य बाबुराम सुवेदीले संबोधन गरेका थिए । विभिन्न ठाउँमा भएको कोणसभाको सञ्चालन देजमो केन्द्रिय सदस्य नेत्र रानाभाटले गरेका थिए ।