जैमिनी नगरपालिकामा उत्कृष्ट दलित बस्ति घोषणा

757
views

सीताराम थापा
बागलुङ, २३ फागुन । बाग्लुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिकाले नगर भरिको एक उत्कृष्ट दलित बस्ति छनौट कार्य शुरु गरेको छ । जैमिनी नगरपालिकाले समाजमा अपहेलित र पीडामा रहेको दलितलाई माथि उठाउन सहयोग गर्ने अभिप्रायले यस्तो कामको थालनी गरिएको नगर प्रमुख ईन्द्रराज पौडेलले बताए ।

जैमिनीका १० वडा मध्ये सबै वडामा दलित बस्ति भएकोले उनिहरुको सामाजिक सुधार र विकासमा भावनाका लागि यो कार्य गरेको नगर कार्यपालिका सदस्य लाल बहादुर परियारले बताए ।

नगरपालिका भरिका एक उत्कृष्ट दलित बस्ति छनोटको लागि पुर्व केही आधारहरु तयार गरि उत्कृष्ट दलित बस्ति छनौट गरिएको हो ।

यसको लागि विद्यालयमा सबै बालबालिका गएको, पठनपाठन गर्ने, ड्रप आउट नभएको, सरसफाई, सिनो, रक्सि नियन्त्रण, झै–झगडा नगर्ने, करेशाबारी र फुलवारी भएको, पक्कि शौचालय र यसको प्रयोग भएको हुनुपर्ने लगायतका आधारहरु तय गरिएको नगरपालिकाले जनाएके छ ।

नगरपालिकाले राखेको सिमाभित्र पर्न सफल भएकोमा जैमिनी नगरपालिका वडा न.–७ जैदी, गोवनपानी उत्कृष्ट दलित वस्तिमा पर्न सफल भएको छ । उत्कृष्ट हुने दलित बस्तिलाई सम्मान गरि अघि बढाईने नगरप्रमुख पौडेलले बताए ।