स्थानिय सरकारलाई शिक्षाको अवसर र चुनौति–नगरप्रमुख गैरे

987
views

सीताराम थापा
बागलुङ । गलकोट नगरपालिका प्रमुख भरत गैरेले सरकारले स्थानीय तहलाइ शैक्षक व्यवस्थापनको जिम्मेवारीको अवसर दिएपनि चुनौति रहेको बताएका छन् ।

गल्कोट नगरपालिका मलणमको प्रगति आधारभुत विद्यालय २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधनमा उक्त कुरा बताएका हुन् । गलकोट नगरभित्र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न विद्यार्थी अनुसारको शिक्षक दरबन्दी मिलान कार्य समयमै हुने बताए ।

गैरेले तीन तहको सरकारको बिच संबैधानिक अडचनका कारण सबै कार्य सम्पादनमा चुनौति थपिएको उल्लेख गरे ।

गलकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिमबहादुर भण्डारी, गलकोट नगरपालिका (७ वडा अध्यक्ष टिकाबहादुर थापा, शिक्षक अभिभावक संघका संयोजक लोकबहादुर थापार विद्यार्थी निशान विसीले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा एकता युवा मञ्चका पदाधिकारीले स्थापना गरेको अक्षयकोष बाट नगद १ लाखको ४ जना विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए । वार्षिकोत्सवमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै अक्षय कोषकर्तालाई सम्मानसमेत गरिएको थियो ।