सिके राउतले त्यागे मधेश अलगको एजेण्डा

सरकार र राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति

601
views

काठमाडौँ । तराई–मधेशलाई टुक्रयाएर अलग्गै देश बनाउने एजेण्डा बोकेका स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउतले मधेशलाई छुट्टै राष्ट्र बनाउने एजेण्डा त्यागेका छन् ।

तराई–मधेशलाई टुक्रयाएर अलग्गै देश बनाउने एजेण्डा बोकेका डा. राउतसँग वार्ता टोलीले वार्ता गरेपछि उक्त एजेण्डा त्यागिएको बताइएको छ ।

सरकारसँग गोप्य रुपमा वार्ता गरेका उनी अन्ततः नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएको राजनीतिक एवं सुरक्षा स्रोतहरुले पुष्टि गरेका छन् ।

करिब ९ वर्षदेखि मधेशलाई अलग्याएर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा लागेका राउतले प्रधानमन्त्री ओलीसँग एउटै मञ्चमा सम्बोधन गर्दैछन् भने आज राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममा पृथकतावादी आन्दोलन छोड्ने एजेण्डाको औपचारिक घोषणा गर्ने जनाइएको छ ।

सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।