सिके राउत र प्रचण्डको असाधारण निर्णय गर्ने क्षमता छ–प्रधानमन्त्री

650
views

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत र प्रचण्डसँग असाधारण निर्णय गर्ने क्षमता रहेको भन्दै प्रचण्डसँग तुलना गरेका छन् । प्रधानमन्त्री ओलीले शान्ति सम्झौता, सरकार, चुनावलगायत राजनीतिक यात्रामा सफल भएको भनी दाहालको प्रशंसा मात्र गरेनन् सिक राउतसँग पनि निर्णय गर्ने क्षमता रहेको उल्लेख गरे ।

राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि मन्तब्य दिँदै ओलीले सीके राउतले पृथक राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको भन्दै सीके राउतको पनि तारिफ गरे ।

अब हिंसाको स्वरुप सम्पूर्ण रुपले सकिएको भन्दै आजको दिनलाई ऐतिहासिक भएको बताए । प्रधानमन्त्री ओलीले वर्तमान संविधानको चर्चा गर्दै उनले हालको मौलिक हकले सबैलाई समेटेको बताए । मान्छेको हत्या गराएर हिड्ने, विष्फोट गराउनेहरु लुटेरा समुह भएको पनि ओलीले टिप्पणी गरे ।

संबोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले सिके राउत र गृहमन्त्री राम बहादुर थापालाई विशेष धन्यवाद समेत दिएका छन् । सिके राउतसँगं सरकारका तर्फबाट गृहमन्त्री थापाले ११ बुंदे सहमतिमा हस्ताक्षर गरेका थिए ।