विप्लवका कार्यकर्ताद्वारा प्रदेश सभा सांसदको अपहरण

767
views

धनगढी । बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका छन् ।

तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्ललाई अपहरण गरेका छन् । बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा जाँदै गर्दा जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले सांसद मल्ल अपहरणमा परेको पुष्टि गरेका छन् ।