नेकपाका नेता–कार्यकर्ता गिरफ्तार

3374
views

काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको स्थानबाट नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका उपाध्यक्ष रामकुमार अधिकारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का नवीन बिष्ट, उत्तम, लगायत ६ जना रहेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा शुक्रबार मध्याह्न आयोजना गरेको १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा अतिथिका रुपमा सहभागी हुँदै गर्दा उनीहरुलाई गिरफ्तार गरेको इ–रातो खवरले जनाएको छ ।